लिम्बुवान प्रान्तीय मञ्च प्रदेश ‘ख’ पाँचथरको क्षेत्रीय भेला सम्पन्न

  • पोक्लाबाङ न्यूज

पान्थर,५ फागुन / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थर निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय भेला बिहिवार सम्पन्न भएको छ ।

मिक्लाजङ गाउँपालिकास्थित रबि बजारमा सम्पन्न भेलाले लोकमान सेर्माको संयोजक र भक्त नेम्बाङ् सदस्य सचिव रहने गरी ३१ सदस्यीय अधिबेशन आयोजक समिति  गठन भएको छ भने सदस्यहरुमा जितेन चेम्जोङ, नरेन्द्र नेम्बाङ, भबिराज नेम्बाङ, कुमार नेम्बाङ, नरेन्द्र नेम्बाङ, मणिराज नेम्बाङ, दिलिप आङ्देम्बे, कुमार आङ्देम्बे, इन्द्रध्वज सङबाङफे , डिबि नाल्बो, प्रेमराज सङबाङफे , खगेन्द्र सङबाङफे , गोपाल फियाक, पुर्ण तुम्बापो, प्रकाश तुम्बापो, तेजेन्द्र लाओती , धनकुमार लाओती , दुर्गाहाङ लाओती  बमप्रसाद लाओती , सुरेश फियाक, भानु फियाक, चन्द्रबहादुर माखिम, सुसिला मादेन राई, पुर्णिमा राई, इन्द्र आङ्देम्बे, बिष्णु थेगिम, योगेन्द्र राई, नरकुमार योङ्हाङ, कमल लाओती  रुद्र लावती, इन्द्र सेर्मा र सञ्च सेर्मा रहेका छन ।

 

उक्त समितिले आगामी २०७८ साल फागुन २६ गते फाल्गुनन्दस्थित पञ्चमी बजारमा दोश्रो अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

उक्त भेलामा संगठनका संघीय सचिव दिलकुमार लाओती , सहसचिवद्वय लाबाहाङ चेम्जोङ, सागर केरुङ, सचिवालय सदस्य सुनिता केरुङ, सदस्यहरु दिलु लिङ्देन लाओती  एसबि थेगिम, टंक माङ्लाक, दलप्रकाश लाओती  लिम्बुवान प्रान्तीय उपमहासचिव प्रेमपुत्र लाओती , सदस्य हिमदल सेर्मा, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, उपाध्यक्षहरु जितेन चेम्जोङ, भानु फियाक, योगेन्द्र राई, भिम नेम्बाङ, अर्थसचिव प्रकाश अधिकारी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।