फेदाप, पोक्लाबाङमा युमा साम्यो महासभा नेपाल फेदाप शाखा समिति गठन

  •     पोक्लाबाङ संवाददाता, 

फेदाप, ४ फागुन / युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा फेदापको आयोजनामा हिजो सावायेहाङ याक्थुङ जातिको मौलिक धर्म, संस्कार, संस्कृतिका विषयमा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।

लालीगुराँस नगरपालिका नगरप्रमुख तथा सावायेहाङ याक्थुङ मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यतामा फेदापको पोक्लाबाङमा उपस्थित भेला, अन्तरक्रिया सँगै रमेश कुरुम्बाङ्को अध्यक्षतामा १० सदस्यीय युमा साम्यो महासभा नेपाल, फेदाप गाउँपालिका समिति गठन गरेको छ ।
समिति उपाध्यक्षद्वयमा पर्शुराम हाङस्रोङ, खड्ग बहादुर निङ्लेखु, सचिवमा तेजबहादुर पङ्याङ्गु र कोषाध्यक्षमा तेजकुमारी लिम्बू निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा क्रमशः दुर्गा प्रसाद लिम्बू, बबिन कुरुम्बाङ, श्रीप्रसाद कुरुम्बाङ, जगतबहादुर कुरुम्बाङ र लोकमान कुरुम्बाङ रहेका छन् ।

 

यसरी नै सल्लाहकारमा क्रमशः तारामान मादेन, धनीचन्द्र हुक्पा चोङबाङ, टिका पङयाङगु, सुजन कुरुम्बाङ, गंगाराज हुक्पा मादेम्बा, लक्ष्मीचन्द्र हुक्पा चोङबाङ, छविलाल रिमाल, मितादेवी थापा र हरि हुक्पा चोङबाङ चयन भएका छन् ।
कार्यक्रममा युमा साम्यो महासभा नेपाल केन्द्रीय उपाध्यक्षद्वय प्रा.हर्क सुब्बा इजम, येबा मान बहादुर सेरेङ, केन्द्रीय सदस्य सन्तोष कुरुम्बाङ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा फेदाप गाउँपालिका निवासी अग्रज तुतु तुम्याहाङ, याक्लासुहाङ, नालीगेन् थाङ्बेन, सिसागेन मेन्छिन, थुङदोबा, थुङदाङबा, फेदाङमा, साम्बा, येबा–येमा, युमासाम, सिङ्साङ्गे फेरेङ्गे आदिको सहभागिता माझ याक्थुङ लिम्बू जातिको परम्परागत प्राचीन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलनको संरक्षण, सम्बद्र्धन र विकासका लागि गर्नु पर्ने कार्यहरू उपर अन्तरक्रिया गरिएको वताए ।