कलेश्वरी आ. वि. निवर्तमान प्रधानाध्यापक गोबिन्द तामाङ र उहाँकी धर्मपत्नी तामाङलाई सम्मान तथा बिदाइ

  • सहर सिंह तामाङ 

पाँचथर ३, फागुन / पान्थरको तुम्बेवा गाउँपालिका वडा न. १ स्थित कलेश्वरी आधारभूत विद्यालयका निवर्तमान प्रधानाध्यापक गोबिन्द बहादुर तामाङ र उहाँकी धर्मपत्नी उर्मिला तामाङलाई सम्मान तथा बिदाई गरेका छन् ।


निवर्तमान प्र.अ. र धर्मपत्नी तामाङलाई कलेश्वरी आधारभूत विद्यालय व्यवस्थापन समितिको आयोजनामा सम्मान तथा विदाई गरेको हो ।

निवर्तमान प्र.अ. २०४१ साल पौष १ गतेबाट शिक्षण पेशामा आबद्व भई २०६५ सालबाट प्र.अ.को भुमिका निर्बाह गर्दै २०७८ साल पौष ४ गते निबृत्त सेवाका लागि स्वेच्छिक राजिनामा दिएका हुन् ।

लामो समय सम्म शिक्षण पेशामा आवद्व तामाङको शैक्षिक र भौतिक रुपमा विद्यालयलाई उच्च र अनुकरणिय सहयोग रहेको भन्दै विद्यालय परिवारले कदर तथा सम्मान पत्र, मायाको चिनो प्रदान गरेका छन् भने सम्मानित निवर्तमान प्र.अ. तामाङले आफु विद्यालय बाहिर रहेर पनि आफ्नो बिवेक र क्षमताले जति सकिन्छ सक्दो सहयोग बताएका छन् ।


सम्मान तथा बिदाई कार्यक्रममा तुम्बेवा १ का वडा अध्यक्ष मोतिराज तामाङको प्रमुख आतिथ्यमा कलेश्वरी आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहर सिंह तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य प्रधानाध्यापक मनभक्त देवानले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक मनप्रसाद देवानले गरेका थिए ।