लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा आवेदन

याम्बोङ्, २ फागुन / लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धमा याम्बोङ्ले आज सूचना प्रकाशित गरेको छ ।

सोमबार (आज) लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परिषदको कार्यालय फाल्गुनन्द, याम्बोङ, पान्थरले परीक्षा आवेदन फाराम भर्ने, भराउन शैक्षिक सत्र २०७८ अन्तर्गत लिम्बू भाषा साहित्य र व्याकरण विषयको लागि कक्षा ११ र कक्षा १२ (नियमित/आंशिक/प्राइभेट) का विद्यार्थीहरुको लागि परीक्षा आवेदन फाराम भर्ने अन्तिम म्याद आगामी फागुन मसान्तसम्म रहने परीक्षा नियन्त्रक पृथिप्रसाद नेम्बाङले वताए ।