कियाचु तेह्रथुम नवौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा हुक्पा चोङ्बाङ् निर्वाचित

  • पोक्लाबाङ न्यूज

तेह्रथुम , २९ माघ /  किरात याक्थुङ चुम्लुङ तेह्रथुमको अध्यक्षमा सेसेहाङ् हुक्पा चोङ्बाङ् निर्वाचित भएका छन् ।

शनिबार तेह्रथुम उद्योग वाणिञ्ज महासंघको सभाहलमा सम्पन्न चुम्लुङको नवौं जिल्ला अधिवेशनबाट सेसेहाङ् हुक्पा चोङ्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले सेसेहाङ् हुक्पा चोङ्बाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा तुलसीमान तिगेला खेवाहाङ्, सचिवमा राजकुमार तेयुङ तरेबा, सहसचिवमा बलदेव तुम्बाहाङ्फे र कोषाध्यक्षमा कल्पाना सम्बाहाङ्फे निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा क्रमशः दिपेन तुम्खेवा, आईतराज केरुङ्, राजकुमारी लिम्बू, झमक बहादुर खापुङ, लोक बहादुर सिङ्गक, अरुणा सिङ्गक, छत्र बहादुर पङ्धाक र कुमार कन्दङ्वा निर्वाचित भएका छन् ।

त्यस्तै राष्ट्रिय चुम्लुङ सदस्यमा सुविन्द्र कुमार थेगुवा सोदेम्बा, प्रेम बहादुर हाङ्स्रोङ र गंगा पोमु निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष गणेश सेनेहाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङ, केन्द्रीय सचिव कमला फोम्बो र सदस्य बसन्त खापुङले समसामयिक विषयमा मन्तव्य राखेका थिए ।