तातो बाफ निस्किरहने दुलो भेटियो कुम्मायकमा

         पदम दुःखी सङ्बाङ्फे

पान्थर / पान्थर जिल्ला स्थित कुम्मायक गाउँपालिकाको वडा न, ५ अन्तगरत टंक पौडेलको जग्गामा रहेको एउटा दुलोबाट तातो हावा निस्किरहने एउटा दुलो भेटिएको छ ।

उक्त स्थानको दुलोबाट मन्द गतिमा ताततातो हावा निस्किएको ९ बर्ष भएको स्थानीय किरण पौडेलले बताए । बन्यजन्तु सालकले उदिनेको दुलो झै देखिने सोही दुलोको मुखमा पानीको बाफ जस्तै रहेको छ । किन र कसरी यो स्थानमा यस्तो हुन गयो भन्दै जग्गा धनी तथा स्थानीयले आश्चर्य मानिरहेको छन ।

मदन आश्रृत चौतारीबाट करिब २ सय फिट तलको पश्चिम तर्फमा रहेको यो स्थानलाई सम्बन्धित निकाय बाट भुगर्भबिद झिकाइ आवस्यक जाच गरि सम्भावित बस्तुको खानी छ कि भन्ने पौडेलको भनाई छ ।