मिक्लुङथुम , २४ माघ / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक आफ्नो गृह जिल्ला पुगेका छन् ।
आइतबार मिक्लुङथुम /मिक्लाजङ स्थित नेसेलुङ डाँडामा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मोरङ क्षेत्र १ को प्रदेश क्षेत्रीय समिति गठन कार्यक्रमको उद्घाटन गर्न अध्यक्ष लिङदेन गृह जिल्ला पुगेका हुन् ।
मोरङ जिल्ला समितिले क्षेत्र नं. १ को प्रदेश क्षेत्रीय तदर्थ समिति (क) बाट प्रदेश क्षेत्रीय तदर्थ समिति गठन कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमको शुभारम्भ गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले मिक्लाजङ/मिक्लुङथुमको टाँडीको पहिचान भनेको आजभन्दा २५ सय बर्ष अघि देखि नै पहिचान र अस्तित्वको लागि युद्ध लडेको भुमि भएको बताए ।
कार्यक्रमलाई मञ्चका संघीय महासचिव अशोक चेम्जोङ्, लिम्बुवान प्रान्तीय महासचिव दिलकुमार लाओती, संघीय सह–सचिव चौकीदार तामाङ्, प्रान्तीय सचिवहरु रामचन्द्र थापा मगर, दिलु लिङदेन लाओती त्यसैगरी लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता गणेश मिभकले सम्बोधन गरेका थिए ।
यसैगरी कार्यक्रममा संघीय अर्थसचिव सूर्य आङबुहाङ्, प्रान्तीय सचिव राजु राई, सचिवालय सदस्यहरु हर्क लिङदेन, अर्जुन लिङ्देन, धनबहादुर साङ्वा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम मिक्लाजङ/मिक्लुङथुम सल्लाहकार छत्र सावादेनको सभाध्यक्षतामा भएको थियो भने संचालन मोरङ जिल्ला सचिवद्वय बरुण लाबुङ र मिक्सन मिभकले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको सहजीकरण मोरङ जिल्ला अध्यक्ष जीवन खेवाहाङले गरेका थिए ।

संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ क्षेत्र नं. १ को प्रदेश क्षेत्रीय समिति (क) को पुराना नेता चन्द्र सङमीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन भएको छ । तदर्थ समितिको सहसंयोजकमा डम्बर बहादुर पङयाङगु चयन भएका छन् भने सदस्यहरुमा कल्पना लिम्बु, सन्तोष बल तामाङ, प्रसादसिं लिम्बु, उषा लिम्बु, तारा वनेम, प्रेम बहादुर लिम्बु, नर बहादुर गुरुङ, मेहरमान कन्दङवा, वल बहादुर माखिम, भूमिका लिम्बु, सुन्दर नुर्गा, रोजित लिम्बु, विकास धिमाल, तारा फियाक र सीता साम्बा रहेका छन् ।

