कियाचु मेयङ्लुङ नगर दोस्रो अधिवेशनबाट थाम्देन निर्वाचित

  • पोक्लाबाङ न्यूज,

मेयङ्लुङ, २४ माघ / किरात याक्थुङ चुम्लुङ मेयङ्लुङ नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

सोमबार कियाचु तेरथुम जिल्ला शाखा समितिको कार्यालयको सभाहलमा किरात याक्थुङ चुम्लुङ प्रदेश न. १ उपाध्यक्ष टंकमाया तिगेला खेवाहाङ ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले साम थाम्देन थाङ्बेनको अध्यक्षतामा १५ सदस्यीय समिति सर्व सम्मत चयन गरेको छ ।समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः रेवत सावदेन,सीता आङ्बुङ, डम्बर खापुङ र वर्षा सोदेम्बा रहेका छन् भने सदस्यहरुमा क्रमशः ध्रव आङ्खेवा, कुमारी चोङ्बाङ, गणेश सिङ्जाङ्गो, सन्तोष आङ्बुङ, रेनिसा राई( लिम्बू),सूर्य थेगुवा, हर्कमान आङ्बुङ, पद्मा पङ्याङ्गु, धनेन्द्र सुक्वाबा र प्रेम कुमार सोदेम्बा निर्वाचित भएका छन् । थप २ जना सदस्य आगामी प्रथम बैठकद्वारा मनोनित गर्ने वताईएको छ ।

अधिवेशनमा चुम्लुङ जिल्ला सचिव तेजमान कन्दङ्वा लगायतले मन्तव्य राखेका थिए ।