भद्रपुर, माघ २३/ किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर शाखाको प्रथम अधिबेशन अागामी फागुन ११ गते सम्पन्न गरिने निर्णय गरेको छ । नगर अधिबेशन सम्पन्न गर्न राष्ट्रिय चुम्लुङ सदस्य महेन्द्र लाओतीको संयोजक्त्वमा १३ सदस्यीय अधिबेशन अायोजक समिति समेत गठन गरिएको छ ।
आइतबार माघ २३ गते भद्रपुर ४ स्थित किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर इकाई समितिको कार्यालयमा भद्रपुर नगर इकाई समिति, साविक पृथ्वीनगर गाउँ इकाई समितिको र किरात कल्याण कोलनी अन्तर्गतका भद्रपुर वडा न. ७ र ८ को संयुक्त चुम्लुङ वडा समितिको संयुक्त रूपमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले झापाका राष्ट्रिय चुम्लुङ सदस्य महेन्द्र लाओतीको संयोजकत्वमा १३ सदस्यीय नगर अधिबेशन अायोजक समिति गठन गरिएको जनाइएको छ । जसमा सदस्यहरू काजीमान लिम्बू शर्मिला लिम्बू, भिम लिम्बू, ललित लिम्बू, टेकमान लिम्बू, हस्तकला लिम्बू, नन्दकुमार लिम्बू, हेमा कन्दङवा, नन्दकुमारी फेम्बू, मुना कन्दङ्वा रहेका छन् ।

बैठकमा राष्ट्रिय चुम्लुङ सदस्य महेन्द्र लाओती, जिल्ला अध्यक्ष सेसेहाङ फियाक, जिल्ला सचिव प्रेमचन्द्र लिम्बू, जिल्ला सदस्य शर्मिला अाङदेम्बे, जिल्ला सदस्य जे.बि. काम्बाङ, जिल्ला चुम्लुङ सदस्य गोपाल लिम्बू, भद्रपुर नगर वडा न. ८ वडाअध्यक्ष मनोज सुब्बा, चुम्लुङ पृथ्वीनगर इकाईका अध्यक्ष काजीमान लिम्बू लगायत भद्रपुर नगर इकाई, पृथ्वीनगर इकाई र किरात कोलनी वडा इकाई समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
अायोजक समितिको पहलमा अागामी फागुन १० गतेभित्र भद्रपुर नगर अन्तर्गतका १० वटा वडामा वडाअधिबेशन सम्पन्न गरि ११ गते भद्रपुर नगर वडा ७ र ८ स्थित किरात कोलनीद्वारा निर्मित सभाहलमा किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर शाखाको प्रथम नगर अधिबेशन सुसम्पन्न गर्ने बैठकले निर्णय गरेको अायोजक समितिका संयोजक लाओतीले जनाए ।