धरान / लिम्बुवान–किरात संयुक्त संघर्ष समितिको बैठक सम्पन्न भएको छ ।
शुक्रबार चुम्लुङहिम धरानमा किरात याक्थुङ चुम्लुङ समन्वय र सहजीकरण समितिको बैठकले प्रदेश नं. १ को नामकरण गर्दा “लिम्बुवान–किरात“ राख्नु पर्ने, सो नराखिएमा ऐतिहासिक भूल हुने ठहर गरेको छ । “लिम्बुवान–किरात“ प्रदेश नभए आगामी दिनमा आन्दोलनको आँधीबेहरी सृजना गर्न वाध्य हुने जनाईएको छ ।
बैठकले जनपरिचालन,प्रचार,आर्थिक,तुम्म्याङ,राजनैतिक पहल र संघीय राजनैतिक पहल समिति गठन गरेको छ ।
बैठकमा नेकपा माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष क. मुक्साम मेन्याङ्बो, जसपा नेपाल सम्बद्ध लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल अध्यक्ष कुमार लिङ्देन, आदिवासी जनजाति महासंघ प्रदेश न. का अध्यक्ष ध्रुब ब मेन्याङ्बो लगायत ४३ जनाको उपस्थिति रहेको थियो ।