‘मिक्किफुङ्’ लिम्बू भाषाको म्युजिक भिडियो छायांकन

पान्थर, १९ माघ / लिम्बू भाषाको गीत ‘मिक्किफुङ्’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।

बुधबार पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

याक्थुङ फिल्मस्द्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम  पङ्धाक, स्वर डिआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, प्रकाश व्यवस्थापन टिराम अधिकारी र शृङ्गार अमृता जबेगुको रहेको छ ।

याक्थुङ् फिल्मस् युटुब चानलद्वारा सार्वजनिक हुने भिडियोमा नुनाम केरुङ, अमृता जबेगु, रामचन्द्र नेम्बाङ लगायतले अभिनय गरेका छन ।
उक्त गीत एक दशक अगाडि ‘नादङ’ एल्बमद्वारा डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।