दक्षिण कोरियामा पापोहाङ सेर्मा सङ्जुम्भोको प्रथम अधिवेशन सम्पन्न

झापा /  दक्षिण कोरियामा कार्यरत सेर्माहरुको संस्था ‘किरात याक्थुङ पापोहाङ सेर्मा सङ्जुम्भो’को अधिवेशन सम्पन्न भएको छ ।

नेपालमा रहेका विभिन्न क्षेत्रका समुदायलाई कठिन परिस्थितिमा आर्थिक सहयोग गर्ने उदेश्यले हाल दक्षिण कोरियामा कार्यरत लिम्बू जाती मध्ये सेर्मा थर भएकाहरुको संस्था सन् २०२० मा स्थापना गरिएको प्रथम अधिवेशनले नरेन्द्र सेर्माको अध्यक्षमा पुनः समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष सागर सेर्मा ,कानुनहाङ सेर्मा, इन्द्र सेर्मा र भुपेन सेर्मा, सचिव किमीलसंङ सेर्मा ,सहसचिव हुकुम सेर्मा,चन्द्र कुमार सेर्मा, कोषाध्यक्ष सिकुम सेर्मा, सहकोषाध्यक्ष बिष्णु सेर्मा, क्रियाशिल सदस्य रमेश सेर्मा,सुमन सेर्मा, सन्तोष सेर्मा, धिरेन सेर्मा, प्रकाश सेर्मा, बृर्ख सेर्मा ,बालकृष्ण सेर्मा र पूर्ण सेर्मा रहेका छन् । त्यस्तै, दिलहाङ सेर्मा,दिपा सेर्मा, डिल्ली सेर्मा,निकेश सेर्मा,विकाश सेर्मा,अप्सरा सेर्मा,संगम सेर्मा,सुरेस सेर्मा र लोकेश सेर्मा सदस्यहरु रहेको संस्थापक संरक्षक गजेन्द्र सेर्माले वताए ।

“याक्थुङ पापोहाङ सेर्मा एकता हाम्रो प्रतिबद्धता “को नारा सहित कोरियामा स्थापना भएको यस संस्थाको प्रथम अधिवेशनमा आर्थिक प्रतिवेदन पेश समेत पेश गर्दै आगामी वर्षको कार्ययोजना पनि सर्वसहमतले पारित गरेको छ ।

समुहबाट मासिक जम्मा गरिएको यस संस्थाको कुल आय १२ लाख ५८ हजार पाँच सय ३८ रुपैयाँ रहेको छ । प्रवास सेर्मा सङ्जुम्भोद्वारा प्राकृतिक प्रकोप तथा दीर्घरोगीहरुलाई गरिएको आर्थिक सहयोग रकम जम्मा आठ लाख ५१ हजार तीन सय ३८ रुपैयाँ र संस्थागत खर्च ३२ हजार रुपैयाँ साथै बाँकी रहेको कुल बचत तीन लाख ७५ हजार २० रुपैयाँको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कानुनहाङ सेर्माले प्रस्तुत गरेको जनाईएको हो ।

संस्थाद्वारा मिर्गौला पीडित पान्थर रानीटार घर भइ हाल झापा बस्दै आएका एलनो नेम्बाङ,पान्थर माङ्जाबुङकी क्यानसर पीडित फुलकुमारी सेर्मा अग्नि पीडित सोही गाउँका धनबहादुर सेर्मार पृथि प्रसाद सेर्मा मुटु र मिर्गौला रोगी राज कुमार सेर्मा, बाढी पहिरो प्रभावित मिक्लाजङ २ सराङडाँडाका छपबिला सेर्मा र तेज बहादुर सेर्र्मा लगायत अन्य थुप्रैलाई सहयोग गर्दै आएको आयोजकले बताए ।

सम्बन्धित खवर