पोक्लाबाङ , १५ माघ ताप्लेजङ् / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मेवाखोला तदर्थ समिति गठन भएको छ ।
शनिबार सम्पन्न मैवाखोला गाउँपालिकाको भेलाले कोरोना महामारी फैलिरहेको हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै चरण मुसाहाङको अध्यक्षतमा समिति गठन भएको हो ।
उक्त तदर्थ समितिको सचिवमा उमेश यक्थुप्पा, सदस्यहरुमा भिमबहादुर लिम्बु, लालबहादुर लिम्बु, सुरेन लिम्बु, भिमकुमार वनेम, बसन्त चोङबाङ, सन्तवीर थोप्रा, सुर्यमान नेयोङ, विश्वराज वनेम, जीवन एभेङ, किरात लिम्बु, शुक्रराज थोप्रा, कल्पना लिम्बु र मञ्जु लिम्बु रहेका छन् ।
तदर्थ समिति गठन कार्यक्रम जिल्ला उपाध्यक्ष प्रताप चोङ्वाङको प्रमुख आतिथ्यता साथै जिल्ला सचिव अशोक मादेन, जिल्ला सदस्य उमेश वनेम लगायत नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।
उक्त तदर्थ समितिले आगामी फागुन ७ गते गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न गर्ने जनाइएको छ ।