किरात याक्थुङ चुम्लुङ लालीगुराँस दोस्रो नगर अधिवेशन सम्पन्न

पोक्लाबाङ, १५ माघ /  किरात याक्थुङ चुम्लुङ लालीगुराँस नगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

शनिवार बसन्तपुरमा किरात याक्थुङ चुम्लुङ तेरथुम जिल्ला शाखा अध्यक्ष गणेश सेनेहाङको प्रमुख आतिथ्यतामा भएको लालीगुराँस नगरपालिका नगर समितिको दोस्रो अधिवेशनमा सविन तिल्लिङ चोङ्बाङको अध्यक्षतामा नौं सदस्यीय नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा श्याम बहादुर लिम्बू, सचिवमा धन बहादुर लिम्बू, सहसचिवमा दल बहादुर लिम्बू र कोषाध्यक्षमा दल माया लिम्बू निर्वाचित भएका छन् भने सदस्यहरुमा क्रमशः जित बहादुर खवाहाङ्, त्रोण बहादुर लाओती, राज कुमारी लिम्बू र पुरुन्ध्वज लिम्बू रहेका छन् ।

 

नगर अधिवेशनमा कियाचु तेरथुम जिल्ला सचिव तेजमान कन्दङ्वा, सदस्य आइत केरुङ, लालीगुराँस २ नंं वडाध्यक्ष रुद्र बहादुर लिम्बू लगायतले शुभकामना राखेका थिए । कार्यक्रम श्याम बहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न भएको हो ।