माङसेबुङ इभाङमा ट्याक्सी दुर्घटना

पोक्लाबाङ /   इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङमा शनिबार विहान ट्याक्सी दुर्घटना भएको छ ।

इभाङदेखि झापाको दमक जाँदै गरेको को १ ज ३२७४ नम्बरको ट्याक्सी गरमुखी-ईभाङ-चतुरे सडकको इभाङ डाडागाउँ टोलमा दुर्घटना भएको छ ।

ट्याक्सीमा चालक मात्र रहेकाले कुनै मानवीय क्षति भएको छैन । विहान करिब साढे ८ बजे अनियन्त्रित भई ट्याक्सी सडकदेखि करिब २० मिटर तल खसेको छ ।

सम्बन्धित खवर