झापाको १५ पालिकामध्ये बढी जनसङ्ख्या मेचीनगरमा

राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ ।

मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ । त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ । विर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० रहेको छ ।

सबैभन्दा सानो पालिका हल्दिबारी हो जसको जनसङ्ख्या ३३ हजार ५४ रहेको छ ।  सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा (८४,४२९),शिवसताक्षी (७३,४६०), भद्रपुर (७०,८२३),गौरादह (६०,५९८),कमल (५३,७१०),कनकाई (५३,०८८),बुद्धशान्ति (५२,९११),झापा (३९,३७२),कचनाकबल (३९,३७२),बाह्रदशी (३७,९१६),गौरीगञ्ज (३६,०५८),  र हल्दिबारी (३३,०५४) रहेको छ ।

नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० रहेको छ । जसमा महिला पाँच लाख १६ हजार ५९४ र पुरुष चार लाख ७७ हजार ४९६ रहेको छ ।