पान्थर जिल्लामा कुन पालिकाको कति जनसंख्या ?

पान्थर / बुधबार केन्द्रीय तथ्याङ्क विभागले २०७८ को प्रारम्भिक जनसंख्या सार्वजनिक गरेको छ ।

 

 

विभागले सार्वजनिक गरेको तथ्याङ्कनुसार २०७८ मा पान्थरको जनसंख्या १ लाख ७४ हजार चार सय १९ रहेको छ, जुन २०६८ को जनसंख्या भन्दा १७ हजार ३ उन्नासयले कम हो । अहिले पान्थरको जनसंख्या बृद्धिदर ऋणत्मक रहेको छ । बृद्धिदर –०.९१ रहेको तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

२०६८ को जनसंख्या अनुसार पान्थरको जनसंख्या १ लाख एकानब्बे हजार ८ सय १७ रहेको थियो ।
बुधबार सार्वजनिक भएको प्रारम्भिक जनसंख्यानुसार पान्थरमा ४३००३ परिवार र १७४४१९ जनसंख्या रहेको छ । जसमा, ८७०३३ जना पुरुष र ८७३८६ जना महिला रहेको जनाइएको छ ।

तथ्याङ्क अनुसार पान्थरमा सबै भन्दा बढि जनसंख्या फेदेन नगरपालिकको ४८७१३ रहेको छ । सबै भन्दा कम तुम्वेवा गाउँपालिकामा ११०६३ रहेको छ । त्यस्तै कुम्मायक गाउँपालिकाको १३०२०, याङ्वरक गाउँपालिकाको १६८२८, हिलिहाङ गाउँपालिकाको २०५३७, फालेलुङ गाउँपालिकाको २०५३१, फाल्गुनन्द गाउँपालिकाको २१२५३ र मिक्लाजङ गाउँपालिकाको २१३२८ रहेको छ ।