- वनेम विक्रम फागो
प्रदेश नम्बर-०१.को,नाम`लिम्बुवान´रहने कि,नरहने बिषायकमा हिजो(११-माघ- २०७५)झापाको दमक स्थित, किरात भवनमा बहस कार्यक्रम सम्पन्न भाथ्यो।लिम्बुवान उचाल्ने र ताजगी सतही बहसमा ल्याउँने सुत्रधार थिए,`लिम्बू विद्यार्थी मञ्च ´।
आन्तः प्रस्तुत कार्यक्रममा लिम्बुवान चाहने, नचाहने सप्पै–सप्पैको अनुहारहरु हाजीर थिए । अर्थ– योजना मन्त्री इन्द्र आङ्बो मौसम देखिन् नेकपा.का उप नेता टंक आङबुहाङ हुँदै, अन्य माननीय संसदहरु नि सहभागी थिए । उसो त लिम्बुवान आन्दोलनका कट्टर leadership कुमार लिङदेन मिराकसंगै समकक्षी नेता संञ्जुहाङ पालुङवा पनि कार्यक्रमका सदर साक्षी थिए भने ससपा.फोरमबाट पनि, बग्रेल्ती अनुहार थिए ।
किन्तुः सत्ताधारीका शिकारीहरुले भने कि, लिम्बुवान नामकरण हुन लगभग– लगभग घुमाउँरो ढंगबाट असम्भव हुने दावी नै गरे । तिनले एमालेको कित्तामा उभेर थुतुनो जोते र भने बहु–पहिचानमा जान सक्ने रे । जुन किरात–सगरमाथा, मेची–कोशी हुन सक्ने रे, तर लिम्बुवान किमार्थ हुन नसक्ने रे । जुन जातीयताको नाममा भो रे हाउ…!
तथापी लिम्बुवान आन्दोलनका Idol person कुमार लिङ्देनले,लिम्बुवान सम्बोधन नभए, अबःदेश गृह–युद्धमा जाने हाँक दिए । जुन आन्दोलन अराजक हुनेतिर इङगित गरे । थुप्रैले लिम्बुवान हुनुपर्छ भन्ने आँट र साहसका साथ मुख खोल्न सकेनन् । उहीँ कोमामा थला पर्या बिरामीलाई राहतदान दिने भन्दा,मात्र सहानुभुती दिने–पोख्ने जस्तो लाचार समबेदना घोप्ट्याई टोपले ।
क्यार्ने तः भन्न मन लाग्याथ्यो नि, हामेरुँका देशाँ त्यो प्रदेश सभामा लिम्बुवान भन्ने नाम राख्न र सम्बोधन गर्न अकाट्य नमिल्ने भएसी, यो लिम्बुवान नाथे नाम चाहिँ किन नेपालको भूगोलमा सधैं ब्याँउन नसक्ने दोजीया भएर भुँडी बोकी रहनु पर्ने हो के? होईन यो स्याँठा..! यो लिम्बुवान नेपालको नक्शामा मात्र किन जवर्जस्त टाँसी रहनु पर्ने हाउ? आन्तःमन पर्दैन । घीन लाग्छ । सुन्न सम्म मन लाग्दैन भने, तेमेरुँको लिम्बुवान ज्याँ गर है भनन हौ? लिम्बुवान मन नपर्ने, तर..त्यहीँ भूगोल माथी, खुलेआम बलात् भोग गर्न चाहिँ,Ledyz Killer झैं बन्ने? आन्तः रक्तपिपासु अघोरी जस्तोचेन् बनी रहन मनपरी रहने हो त?
खैरःराजनीतिमा क्रान्तिकारी बिद्रोह भनेको,चुपचाप मौंनताको मलामी जानू जस्तो होईन के । यो देशको हकमा गान्धी आन्दोलनले कुनै पनि शासकीय बोर्डहरु कायापलट भाको ईतिहास रत्ति छैन नि । हिजो बन्दुक बोकेर सत्ता आरोहण गर्ने माओवादी रक्त विद्रोही पिपासुहरुले भने अब बन्दुक बोकी रहनु पर्ने आवश्यक छैन रे । शासक भएसी सबैले त्यहीँ सुत्र फलाँक्ने हो । एमालेमा पोईला गएसी, तेनारुँका भाषा नि,ठ्याक्कै ओलीकै A…2 …Z. हाउ ।
भलैः विट्यौंनी सम्बोधनमा सम्बद्ध लिम्बुवानी आन्दोलनका अभियेन्ताहरुलाई,औंल्याएर थुतुनो पड्काएँ कि,यदी लिम्बुवान नेपालको नक्शामा नामङ्कित हुन सक्दैन र अटाउँदैन भने,नेपालबाट लिम्बुवान झिकी दिए, एकात्मक अति हिन्दु बाहुनबादी शासकहरु सप्पै–सप्पैको लण्ठै साफ हुन्थ्यो के बरा । किन टाउको दुखाई हो नि?
अतः अबको गृहयुद्व राजनीति भन्दा पर,फरक मुद्दामा मुखरित हुन सकोस् । जुन लडाइँमा लडाकुको रूपमा, बन्दुक बोक्न यो ज्यान नि हाजीर हुनेछ । मर्ने चोला न हो क्यारे । उसै यो ज्यान कालगतीको मरण पर्खेर,किन बेकाममा फ्याँक्ने हो नि? लिम्बुवान आफैमा अन्त्यहीन लडाइँ हो तर एकदिन एकात्मकबादीहरुको चङगुलबाट सदा–सदाको लागी मुक्त हुनेछ । जुन दिन,तेनारुँलाई बहुत किम्ती चुकाउँनु पर्नेछ । जो भारतको ई.स.१९४७ भएको क्रान्तिकारी लडाइँ ईतिहासको यादगार नदिलाओस् भन्ने न हो ।
पुनश्च स्मरणः हिजोको लिम्बुवान बहस कार्यक्रममा,सदर फड्के साक्षी बस्दाको, समिक्षात्मक टिप्पणी थियो यो । आफू यो देशको राजनीति दलीय पाटीहरुको निरिपेक्ष नागरिक ब्याक्ती मात्र हुँ । तथापी देशको राजनीतिप्रति भने उस्तै कट्टर राजनीति चिन्तक र अराजक आलोचक पनि हुँ । त्यसो त उस्तै कट्टर लिम्बुवानबादी शुभेच्छुक मतदाता पनि हुँ के । आन्तः
लिम्बुवान विनाको नेपालको परिकल्पना सम्म पनि रत्ति गर्न सकिन्दैन । लिम्बुवान विनाको यो देश नेपालको कुनै एङगलबाट नि यसको सौन्दर्यता देख्न र बयाँन गर्न सकिन्न ।
अतः लिम्बुवानबासीहरुको हकमा त्यो केवल शनैः शनैः विद्रुप र झनै कुरुप मात्रै देखिन्दै जाने छ। लिम्बुवानको बिकल्प लिम्बुवान नै हो । न कि किरात नै हुन्छ ।
जय लिम्बुवान….! ✊✊✊
साभारः
विक्रम फागो वनेमको ँबअभदययप ब्अयगलत.बाट आजभन्दा तीन बर्ष अघि १२–माघ–२०७५,
फेसबुकबाट साभार गरिएको हो ।