कियाचु लिम्बुवान प्रदेश समितिको दोस्रो प्रादेशिक अधिवेशन पान्थरको फेदेनमा हुने

पोक्लाबाङ, १३ माघ, दमक/  कियाचु लिम्बुवान प्रदेश समितिको पूर्ण बैठक दमकमा सम्पन्न भएको छ ।


विहिवार झापाको दमक स्थित चामाथुङ्मा होटलमा बसेको कियाचु लिम्बुवान प्रदेश समितिको पूर्ण बैठकले दोस्रो प्रादेशिक अधिवेशन आगामी फागुन ६ र ७ गते पान्थरको फेदेनमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

सो प्रादेशिक अधिवेशनमा प्रत्येक जिल्लाबाट १ महिला र १ पुरुष गरी, राष्ट्रिय चुम्लुङ सदस्य र सल्लाहकारहरु पनि स्वतः प्रतिनिधिको रूपमा उपस्थित हुनेछन् ।

कार्यक्रममा प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री माननीय विष्णु तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा र अन्य सामाजिक प्रतिष्ठित व्यक्तित्वहरको उपस्थिति रहने कियाचु लिम्बुवान प्रदेश समिति मुख्यसचिव मधु केरुङ्ले वताए ।

वैठक कियाचु लिम्बुवान प्रदेश समिति अध्यक्ष ध्रुव सुब्बा मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न भएको हो ।