लिम्बुवान मञ्च नेपाल याङ्वरक वडा नं ४ अध्यक्षमा माबो निर्वाचित

याङ्वरक /  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संगीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक गाउँपालिका वडा नं ४ को अधिबेशन सम्पन्न भएको छ ।

बुधबार थर्पु बजारमा सम्पन्न अधिबेशनले बीरबहादुर माबोको अध्यक्षतामा १७ सदस्यीय वडा कार्यसमिति निर्वाचित गरेको छ ।

उपाध्यक्षहरुमा मोतिबहादुर योङ्हाङ, अमृत योङ्हाङ, इन्दिरा खेबाङ, नन्दबहादुर योङ्हाङ, सचिव योगेन माबो, सहसचिव अबिसा माबो, अर्थसचिव, सरस्वता योङ्हाङ रहेका छन ।

यसैगरि सदस्यहरुमा मनकुमारी योङ्हाङ, मनकुमारी इङ्वारम, धनमाया आङ्बो, अमृत योङ्हाङ, सन्तकुमार माबो, शान्तिकला माबो, मनबहादुर योङ्हाङ, गंगाबहादुर योङ्हाङ, प्रदिप तावा रहेका छन । उक्त भेलाले संघीय युवा मञ्च वडा ४ को संयोजकमा शर्ण इजमलाई तोकेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव तथा पान्थर क्षेत्र नं. १ का संयोजक सागर केरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, जिल्ला सचिवालय सदस्यद्वय आधार घिमिरे, नरेश लक्सम, जिल्ला सदस्य कर्णबहादुर काम्बाङ, क्षेत्रीय उपाध्यक्ष छत्र योङ्हाङ, याङ्वरक गाउँपालिका कार्यसमितिका उपाध्यक्षद्वय दिलकुमार लक्सम, पोलस्टार तावा, सचिव हेमराज योङ्हाङ, याङ्वरक महिला मञ्च अध्यक्ष पुजा सिगु, इतिहासकार अमर तावा, इतिहास अध्येता, लिम्बू शब्दकोष लेखक खेलराज योङ्हाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।