
काठमाडौं, १२ माघ / केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ ।
त्यस्तै, महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको छ ।
२०६८ सालमा भएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । यसपटक २७ लाख जनसंख्या बढेको हो ।