- प्रवेश मुसाहाङ लिम्बू,
ताप्लेजङ, ११ माघ / ताप्लेजङको मेरिङ्देन २ मा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको वडा अधिवेशन सम्पन्न भएको छ ।
सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संघीय रुपा साम्बा चोङ्बाङ लिम्बूको प्रमुख आतिथ्यतामा, छत्रमान सेरेङ लिम्बूको अध्यक्षतमा २७ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दल बहादुर लङ्वा, सहसचिवमा मनकुमार थक्से, अर्थसचिवमा धनुका आवजङ चयन भएका छन् भने हाललाई सचिव पद रिक्त रहेको छ ।
यसरी नै सदस्यहरुमा रनबहादुर लिम्बू, धनप्रसाद लङ्वा, पन्नाराम नाल्बो, रत्न नाल्बो, छत्र प्रसाद आवजङ, फौदमान नाल्बो, फिपराज नाल्बो, दिपा थाङ्देन, छत्र बहादुर लिम्बू, ललित चोङ्बाङ, दिलकुमार लिम्बू, भूमिराज यक्सो, मंगलसिं केदेम, शुन्द सेरेङ चोङबाङ, इन्साङ सेरेङ, विक्रम सेरेङ, विक्रम सेरेङ, फिरज सेरेङ्, झरिन सेरेङ, कबुन सेरेङ, हरि सेरेङ, गणेश सेरेङ, डम्बर सेरेङ, राजु सेरेङ, शुनिल सेरेङ, विनोद केदेम, सुदिप सेरेङ र केवल केदेम निर्वाचित भएका छन् ।
उक्त कार्यक्रममा जिल्ला सचिवालय सदस्य करण हाङगाम, एलभी कमाण्डर केवल केदेम लगायत नेताहरुको उपस्थिति रहेको जिल्ला सचिव अशोक मादेनले बताए।