- पोक्लाबाङ् कक्ष ,
९ माघ, फेदेन / नेपाल सरकार राष्ट्रिय भुमिआयोग पान्थर अध्यक्ष दिनेश लाओतीले आइतबार पदवहाली गरेका छन् ।
लाओती माओबादी केन्द्रका नेता हुन् । लाओतीले केपी ओली सरकारले गरेको कामकाजलाई पालिका तहबाट जानकारी लिनुका साथै समिति पुनर्गठन गरि लालपुर्जा वितरण गर्ने जनाए ।
प्रदेश एककी सांसद सिता थेबेले लाओतीलाई खादा र अविर लगाएर पदवहाली गराएकी थिइन् । एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले पनि लाओतीलाई खादा लगाएका बधाई दिएका थिए ।
जिसस प्रमुख बिष्णुप्रसाद सापकोटाको अध्यक्षमा सम्पन्न कार्यक्रममा सांसद थेबे, फिदिम नगरपालिकामा प्रमुख ओनाहाङ नेम्वाङ लगायतले बधाई तथा शुभकामना दिए । सांसद थेबेले भुमि समस्या समाधान गर्न सबै सरोकारवालाहरुको चासोको बिषय रहेकोले सवैले सहयोग गर्नु पर्ने बताइन ।
यसअघि पनि उक्त आयोगको कार्यालय ओलीसरकारले नियुक्त गरेका व्याक्तिले उद्घाटन गरेका थिए , भने आज गठबन्धन सरकारले नियुक्त गरेका अध्यक्ष लाओतीले पनि कार्यालयको उदघाटन गर्दै पदबहाली गरे ।
कार्यक्रममा अन्य सरकारी कार्यालय तथा पार्टी प्रतिनिधिहरु को उपस्थिति रहेको थियो ।