पान्थर मिक्लाजङका २९५ घर परिवारलाई राहत वितरण

मिक्लाजङ, ८ माघ / कुरुम्बेली समाज सेवा संघ, दमक झापा र पान्थर समाज सेवा युकेद्वारा मिक्लाजङ गाउँपालिका वडा न. ५ भित्रका २ सय ९५ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

शनिबार मिक्लाजङ गाउँ पालिकाका अध्यक्ष अमरराज माखिमको प्रमुख आतिथयमा र वडा न. ५ का अध्यक्ष अविशन लाओतीको बिशेष आथित्यमा एक कार्यक्रमको आयोजना गरि गत कातिक २ गते परेको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट मृत्यू भएका ६ घरपरिवारलाई वडा कार्यालयको समन्वयमा जनहि १० हजारको दरले राहत हस्तान्तरण गरिएको हो ।

यसैगरि गत कातिक महिनामा परेको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट प्रभावित भएका मिक्लाजङ गाउँपालिका वडा न. ५ भित्रका २ सय ३९ घरपरिवारलाई समेत राहत स्वरुप आर्थिक सहयोग गरिएको कुरुम्बेली समाज सेवा संघ सदस्य मिलन लाओतीले बताए ।

यस्तै उक्त बाढी पहिरोबाट प्रभावित भएका मिक्लाजङ गाउँपालिका वडा न. ५ भित्रका कम प्रभावित परिवार, असक्त, असाहय, एकल महिला, पुरुषलाई समेत गरि ४० घरपरिवार व्लाङकेट हस्तान्तरण गरेको कुरुम्बेली समाज सेवा संघ सह–सचिव तथा आर्थिक संयोजक गगन लाओतीले बताए ।

संघका अध्यक्ष ऐमानसिं लाओती, पापोहाङ लाओती सयङका केन्द्रिय अध्यक्ष जगत लाओती, सयङका सल्लाहकार खड्क सुन्दर लाओती, पाँचथर समाज सेवा युकेका प्रतिनिधि देउमान लाओती संघका सह–सचिव गगन लाओती, कोषाध्यक्ष कमला लाओती, सदस्यहरु मिलन लाओती, बिरु लाओती, कल्पना लाओती, भिमसेन लाओती, दिनेश लाओती र रविन्द्र लाओतीको समेतको राहत वितरण टोलीले कुरुम्बा मा विको प्राङगण मा पीडित परिवारलाई राहत हस्तानतरण गरेको हो ।

कुरुम्बेली समाज सेवा संघ, पाँचथर समाज सेवा युके र पापोहाङ लाओती सयङको समेत पहलमा पाँचथर समाज सेवा युकेबाट देउमान लाओतीर यद्धुचन्द्र लाओती, बेल्जियमबाट दौलत साम्बा, साउदी अरवबाट शुरेश लाओती र काठमाण्डौबाट टेक लाओतीको संयोजनमा राहत वितरणको लागि आर्थिक सहयोग संकलन गरिएको आर्थिक संयोजक गगन लाओतीले बताए ।

संघका अध्यक्ष ऐमानसिं लाओतीको संयोजकत्वमा सम्पन्न राहत वितरण कार्यक्रममा स्वागत मन्तव्य गगन लाओती र सञ्चालन बिरु लाओतीले गरेका थिए ।

बाढी पहिरोमा परेर मिक्लाजङको वडा ५ मा मात्रै २२ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता भएका थिए ।

२०७४ सालमा दमक झापामा स्थापना भएको यस कुरुम्बेली समाज सेवा संघले विभिन्न क्षेत्रमा भौतिक, आर्थिक र सामाजिक रुपले सहयोगहरु गर्दै आईरहेको संघका सदस्य मिलन लाओतीले बताए ।