माघ २, फेदाप/ पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएपछि आज संस्थाको पारित रणनीति तथा कार्यक्रमहरु प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेकोछ ।
हिजो सम्पन्न साधारणसभाले फेदाप क्षेत्रका ऐतिहासिक भुमिहरुलाइ जिवन्त राख्न सबै खाले गतिविधि अघि बढाउने घोषणा गरेको थियो । संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ्ले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उक्त बिषयहरु उल्लेख गरिएको छ ।
फेदाप पोक्लाबाङमा भइरहेको माङ्गेन्ना थामरुङ अतिक्रमण रोक्न फेदाप गाउपालिकालाइ समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।
आज फेदाप गाउपालिकाका अध्यक्ष हरि चोङबाङको कार्यकक्षमा गएर उक्त विज्ञप्ति हस्तान्तरण गरेको थियो ।संस्थाले आगामी दिनहरुमा साहित्यिक,भाषिक, सांस्कृतिक धार्मिक तथा सामाजिक एवं भुमि अधिकार ,बाताबरण, जलवायु लगायतको क्षेत्रमा समेत काम गर्ने विज्ञप्ति मार्फत सार्वजनिक गरेकोछ