- पदम सुखी सङबाङ्फे
पान्थर/ पान्थरको सदरमुकाम लिम्बुवानको फेदेन महाभारा यात्रा उपन्यास पुस्तक बिमोचन भएको छ ।
पत्रकार महासंघ को सभाहलमा आयोजित उपन्यास बिमोचन समारोहमा लेखक वसन्त बस्नेतको महाभारा यात्रा उपन्यास बारे नौलो साहित्यिक बिहान समाज पान्थरका अध्यक्ष प्रेम ओझाले चर्चा गर्नु भएको थियो ।
३ सय ९५ पृष्ठ र ९० हजार भन्दा बढी शब्द रहेको सो उपन्यासमा डुक्पा र सुखमति प्रमुख पात्र रहेका छन भने बिगत १० बर्षे द्वन्दकालामा भोग्नु परेको मार्मिक कथा बस्तु उपन्यासमा समेटिएको कुरा टिप्पणीमा उल्लेख गरिएको थियो । अजित बराल द्वारा प्रकाशित सो उपन्यासमा बहुसास्कृतिक जनजीवनमा आधारित पूर्वीय सुगन्ध रहेकोे कुरा चर्चा गरिएको थियो । मिक्लाजुङ् डाडा , महमाइ , फुङ्सेङ , लारुम्बा लगायतमा बसोबास गरेका बर्ग र समुदायको पौराणिक ऐतिहासिकता तथा भाषा कला र बहुसास्कृतिक परिवेशलाई लेखकले जिउँको त्युउ कथा बस्तु बनाएको भन्दै लेखक तथा प्रकाशकलाइ शुभेच्छा प्रकट गरिएको थियो ।
नौलो साहित्यिक बिहान समाज र नेपाल पत्रकार महासंघ पान्थरको सह आयोजित उपन्यास बिमोचन कार्यक्रममा पुर्व मन्त्री श्रीप्रसाद जबेगु , याक्थुङ प्रज्ञाप्रतिष्ठान नेपाल कुलपति राजेन्द्र जबेगु , याक्थुङ प्रज्ञाप्रतिष्ठान नेपाल सचीव भित्राङङ्गि काइला, याक्थुङ लेखक संघ महासचिव तथा प्रदेश संयोजक सहायक प्राज्ञ मधुराज केरुङ , नेपाल पत्रकार महासंघ पान्थरका अध्यक्ष गिरिराज बास्कोटा लगायत पत्रकार तथा सञ्चारकर्मिहरुको उपस्थिति रहेकोे थियो भने सो कार्यक्रम नौलो साहित्यिक बिहान समाजका कार्यबाहक अध्यक्ष खडग बोहोराको अध्यक्षतामा सम्पन्न भएको थियो ।