- नरेश क्षितिज,
२८ पुस/धरान
धरान उपमहानगरपालिका दलित विकास समिति धरानकाे मातहतमा रहेकाे दलित महिला संजाल धरानकाे अध्यक्षमा धरान १६ कि सुनिता सेन्चुरी निर्वाचित भएकी छन् ।
धरान १२ स्थित हाेटल स्टार पूर्वीमा अाज भएकाे संजालकाे चाैथाे नगर भेलाद्वारा उनी निर्वाचित भएकी हुन् । अध्यक्ष पदका लागि सेन्चुरी र अनिता रसाईलीकाे उम्मेद्वारी परेपछि मतदानकाे प्रकृया अगाडि बढाईएकाे थियाे । कूल मतदाताकाे सङ्ख्या १५ रहेपनि ११ जनामात्र मतदानमा सहभागी भएका थिए । मतपरिणाम अनुसार सेन्चुरीले ६ मत पाएर निर्वाचित भईन् भने उनकी प्रतिद्वन्दी रसाईलीले ५ मत प्राप्त गरेमी थिईन् । त्यस्तै १ जना काेषाध्यक्षका लागि पनि २ जनाकाे उम्मेद्वारी पर्याे जसमा अन्जुला नेपाली र देवी परियार प्रतिष्पर्धामा उत्रिएका थिए । प्रतिष्पर्धी मध्ये ८ मत सहित अन्जुला नेपाली निर्वाचित भईन् । प्रतिद्वन्दी देवी परियारले ३ मत प्राप्त गरेकी थिईन् । त्यस्तै उपाध्यक्षमा पवित्रा शिवा, सचिवमा देविका विक, सहसचिवमा गाैरी बर्देवा निर्विराेध निर्वाचित भए । समितिका सदस्यहरुमा अनिता रसाईली, देवी परियार, सुष्मा मंग्राती, शान्ति त्रिखत्री र चन्द्रकला विश्वकर्मा निर्वाचित भएका छन् । दलित विकास समिति धरानका अध्यक्ष किशाेर परियारकाे संयाेजकत्त्वमा धनबहादुर हमाल र तारा लामगादे प्रवक्ता रहेकाे ३ सदस्यीय निर्वाचन मण्डलले लाेकतान्त्रिक प्रणालीका अाधारमा निर्वाचन सम्पन्न गर्दै ५ जना पछि थप गर्ने गरि १५ सदस्यीय कमिटी बनाईएकाे प्रवक्ता लामगादेले बताए । दलित महिला संजालकी अध्यक्ष सकुन्तला भूसालकाे अध्यक्षता एवम् धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रम संचालन संजालकी सचिव देविका विकले गरेकी थिईन् । कार्यक्रममा परियार सेवा समाज सुनसरीका अध्यक्ष खगेन्द्र नेपाली, मिजार सेवा समाज धरानका अध्यक्ष विजय अच्छामी,शिल्पी विशेष समिति प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा, कलाकार विनाेद रसाईली (जुरेली) ,समाजसेवी गाेपाल मंग्राती,संचारकर्मी/पत्रकार,वुद्धिजीविहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।