लिम्बू भाषाको पालाम ’सिरिजङगा तङ्नाम’ छायांकन

काठमाडौ – लिम्बू भाषाको पालाम ’सिरिजङगा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ ।

 


सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीय स्थलमा गरिएको हो ।

बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय मुरिङ्लाको छायांकन रहेको पालामलाई सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

ओपेरा इन्टरटेन्मेन्ट युट्व च्यानलद्वारा सार्वजनिक हुने भिडियोमा मोनि कुमार ताम्लिङ, जीतु मुरिङ्ला, सोना सावदेन, मुनाहाङ लिम्बू, सनमाया हेम्ब्या, गंगा केरुङ, बसन्ती इजम, अमृता खाम्धाक, एसबि चोङ, आइतहाङ मुरिङ्ला, खड्ग सिङ इजम, टिबि लिम्बू, एल सुब्बा, मनमाया सावदेन, आइतहाङ पराङ्देन, सुचिता मुरिङ्ला, सुकमाया माङ्मु, सुनुहाङ्मा लिबाङ, सुकुम यङ्वागो, कविता यङ्वागो, सचिका यङ्वागु आइतरानी यङ्वागु, पुर्णिमा यङ्वागु, बिएम लिम्बू, बुद्दहाङ यङ्वागु, लक्ष्मण थेगिम, केस लिम्बू, मंगल लिम्बू लगायतले अभिनय गरेका छन ।