(फोनिज) इलामको पाँचौ जिल्ला अधिवेशन सम्पन्न्

  • पोक्लाबाङ् डेक्स,

इलाम, मङ्सिर २४/  आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा राम योङहाङ निर्वाचित भएका छन् ।

बिहिवार इलाममा सम्पन्न अधिवेशनले राम योङहाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । समितिका उपाध्यक्ष याम माबोहाङ लिम्बू , सचिव सोम सुनुवार , सहसचिव सृजना श्रेष्ठ र कोषाध्यक्ष सुनिता खालिङ राई निर्वाचित भएका छन् । सदस्यहरुमा सङ्सेमी माङ्युङ , लिला ब लिम्बू , सुश्मा राई, काकिराम लाओती, दिपेन लिम्बू , शान्ती गुरुङ , धुर्ब फागो र सरिता राई निर्वाचित भएका हुन ।