- पोक्लाबाङ् डेक्स,
दमक/ पूर्व संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीवीच स्थानीय तहमा पार्टी समायोजन भई नगर समिति बनेको छ ।
आगामी पुस १ गतेदेखि लागुहुने गरी केन्द्रीय देखि नै एकता भएको पार्टी जनता समाजवादी पार्टी (जसपा) नगर समितिको गठन भएको हो ।
नगर समिति समायोजनको घोषणा आज शुक्रवार दमक ५ स्थित मारवाडी सेवा सदनको सभाहलमा एक औपचारिक कार्यक्रमका विच हुँदैछ । त्यसअघि नगर समितिको पार्टी कार्यालय उद्घाटन क्याम्पस मोडमा हुने जानकारी गराइएको हो ।
समायोजन भएको नगर समितिको अध्यक्ष पुस १ देखि ६ महिनासम्म पूर्व नयाँशक्ति पार्टी नेपालको दमक नगर समिति अध्यक्ष भेषराज भट्टराईले र त्यसपछि बाँकी ६ महिना पूर्वसंघीय समाजवादी फोरमका दमक अध्यक्ष खेम दाहालले गर्ने सहमति भएको जसपा प्रदेश नं. १ कार्यसमिति सदस्य दिनेश दंगालले जानकारी दिएका छन् ।
यसका साथै १ वर्ष भित्रमा जसपा दमक नगर समितिको नगर अधिवेशन सम्पन्न गरिसक्ने पनि उनले बताए । हाल जसपा दमक नगर समिति ६१ सदस्यीय रहेको छ ।
सो विषयमा जानकारी गराउन विहिवार दमकमा पत्रकार सम्मेलनसमेत गरिएको थियो । पत्रकार सम्मेलनमा पदमकुमारी राई, पवन विष्ट, झापा जिल्ला कोषाध्यक्ष राजु खड्का लगायतको उपस्थिति रहेको थियो ।