मेन्छ्यायेम सञ्चार सहकारी संस्थाको १४औ साधारणसभा तथा पाँचौ अधिबेशन सम्पन्न

मेयङलुङ, मङ्सिर १९/   मेन्छ्यायेम सञ्चार सहकारी सस्थाको १४औ साधारणसभा तथा पाँचौ अधिबेशन सम्पन्न  भएको छ ।

मेन्छ्यायेम सञ्चार सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रम प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आथित्यतामा भएको सस्थाको १४औ साधारणसभा तथा पाँचौ अधिबेशनले शिवकुमार पङ्गेनहाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सर्वजित निङ्लेखु,महासचिव भगिश्वर लिम्बु,सचिव टंकमायाँ लिम्बु र कोषाध्यक्षमा दिपक कट्टेल सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा क्रमशः सेर बहादुर चोङबाङ, कमल लुङफुङ्वा, टेकबहादु पङगेनहाङ, विमला फोम्बो,सञ्चु सम्बाहाङफे, कुमार विसङ्खे, ठाकुर सेनेहाङ र विष्नु प्रसाद सुवेदी चयन हुनु भएको छ ।

 

 

दिलबहादु ईस्पोको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरेको छ भने सदस्यहरुमा कृण्ण कटुवाल र सकुन्तला सापकोटा रहनु भएको छ ।

साधारणसभामा प्रदेश नम्बर १ का प्रदेश प्रमुख माननीय खापुङले सञ्चार क्षेत्र राज्यको चौथो अङ्ग भएकाले राज्यलाई विकासका साथ समृद्ध र सक्षम बनाउँन महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।यस्तै अहिले केन्द्र, प्रदेश र स्थानिय स्तरमा सञ्चार माध्यायमहरु प्रशस्त मात्रामा भएता पनि सामुदायीक रेडियो, रेडियो मेन्छ्यायेमले अन्य सञ्चार गृहहरु सँग प्रतिस्पर्धा गर्दै सत्य तथ्य समाचार र कार्यक्रमहरु उत्पादन गरी प्रसारण गर्न सकि रहेकोमा खुसी व्यक्त गर्नु भएको थियो । अहिले कृर्षि उत्पादन र निर्यात मुलक वस्तुहरु उत्पादन गर्न सके मनग्ये आर्थिक लाभ लिन सकिने भएकाले सर्वसाधारण नागरिक माझ कस्तो खालको समाचार सम्प्रेषण गर्दा फाईदा हुन्छ भन्ने कुरामा सञ्चारकर्मीले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

साधारणसभामा संस्थाका अध्यक्ष शिवकुमार पङ्गेनहाङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिपक कट्टेलले २३ लाख ६४ हजार २ सय ६८ रुपैयाको आय ब्याय भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै तेह्रथुममा जन्मिएर प्रदेश प्रमुख हुनु भएका पर्शुराम खापुङलाई सम्मानपत्रले सम्मान गरेको छ । रेडियोले सुरु गरेको संग्रहालयमा ऐतिहासिक सामान दिने मेयङ्लुङ ९ बस्ने घनश्याम सावदेन लिम्बू, रेडियो यासक सम्बादाता रमेश थापा, समाचार शाखा कृष्ण तामाङ र प्राविधिक शाखा जानुका नेपाललाई प्रशंसा पत्रले सम्मान गरिएको रेडियो स्टेसन म्यानेजर भगिश्वर लिम्बूले बताए ।

यस्तै कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंंघ तेह्रथुमका उपाध्यक्ष टिआर सेनेहाङ, सम्पुर्ण सहकारीको तर्फबाट सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सञ्जय ईस्पो, गैर सरकारी संस्था महासंघ अध्यक्ष प्रेम फोम्बो, मेयङलुङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष होम बहादुर खापुङ, जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष भगवानमान रिजाल,नेकपा एकिकृत समाजवादी अध्यक्ष कृष्ण चोङ्बाङ, नेकपा एमाले तेह्रथुम छत्र प्रसाद रिमाल र भुतपुर्व सांसद तेजमान तुम्बाहाङ्फे लगायतले मन्तव्य राख्नु भएको थियो । मेन्छ्यायेम सञ्चार सहकारी संस्था अध्यक्ष शिवकुमार पंङ्गेनहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर