- नरेश क्षितिज,
१५ मंसिर / दुहवी
जातीय विभेद्जन्य तुच्छ शब्द बोल्दै गाली वेईजतीका साथ मरणासन्न हुनेगरि कुटिएकी दुहवी ५ कि ७० वर्षीया वृद्धा एकल महिला लक्ष्मी परियारले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गर्न माग गर्दै पत्रकार सम्मेलन गरेकी छन् ।
गत कार्तिक २२ गते स्थानीय टिकाराम कार्की पीडितको घरमै आई छोरी आरती माथि हातपात गर्न खोजेपछि प्रतिकार गरेकी थिईन् । सोही विषयलाई लिएर कार्की र उनका छोराहरु रोशन , रबी र ज्वाईँ सन्तोष कर्णले छलफल गर्नुछ भनेर नजिकैमा रहेको ईलाका प्रहरी कार्यालयमा बोलाई प्रहरी कार्यालय भित्रै पीडित आरती परियार माथि तँ दमिनी ठूली हुन्छेस् भन्दै हातपात गरे,उनको कपडा समेत च्यातचुत पार्दै संवेदनशील अङ्गहरुमा समेत प्रहार गरि लछार पछार पारि लडाएर कुटपीट गर्दै गर्दा आमा लक्ष्मी छुट्याउन आउँदा आउँदै उनीहरुले आमालाई पनि तँ दमिनी धेरै जान्ने भईस् भन्दै लात्तै लात्ताले र बक्सिङले हानेर मरणासन्न हुने गरि कुटपीट गर्दा पनि प्रहरी भने मुखदर्शक मात्र बनेर बसिरहेका थिए । धेरै पछिमात्र महिला प्रहरी आएर घाईते आमा छोरीलाई उठाएर हस्पिटल लगेको र कुटपीट पछि पीडक कार्की दाजुभाई रोशन,रवी र ज्वाइँ सन्तोेष प्रहरी कार्यालयभित्रै छिरेर कानेखुशी गरिरहेका थिए विज्ञप्तिमा भनिएको छ ।
पत्रकार सम्मेलन पछि दलित अधिकारकर्मी संचारकर्मी पत्रकारहरुको टोली घटनाको विषयमा बुझ्न ईलाका प्रहरी कार्यालय दुहवी गएको थियो । पत्रकारहरुले घटना भएको यतिका दिन बितिसक्दा पनि अपराधिलाई किन पक्राउ गरिएन भन्ने जिज्ञासा राख्दा पहिले घटनाको सबैकुरा आफुहरुलाई थाहा नभएको जब जाहेरी आयो तबदेखि खोजी कार्य भईरहेको तर हालसम्म पक्राउ गर्न नसकिएको तर खोजी कार्य तिब्ररुपमा भईरहेको मुद्दा फाँटका प्रमुख,प्रहरी सहायक निरिक्षक हरिप्रसाद सापकोट्टाले बताए ।
कार्यक्रममा परियार सेवा समाज मोरङका अध्यक्ष रत्न परियार, अधिकारकर्मी तथा जनता समाजवादी पार्टीका नेता ज्ञानकुमार परियार,घटनालाई शुरुवात बाटै नियालीरहेका र उजागर गरिरहेका पत्रकार पीवि दियाली,विभिन्न छापा,श्रब्य–दृष्य तथा अन्लाईन मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो । पीडकलाई तत्काल पक्राउ गरि कारबाही नगरे चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम अगाडि बढाउने दलित अधिकारकर्मीहरुले बताए