- मुसाहाङ अम्याङ्सा
विराटनगर , मङ्सिर १२/ लिम्बू तथा मैथिलीजन्य संघ सस्थाहरुले प्रदेश नंं १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू र मैथिली भाषालाई कानुनी मान्यता प्रदान गर्न माग गरेका छन ।
आज प्रदेश १ को राजधानी विराटनगर स्थित प्रदेश १ का सरकारका प्रमुख मुख्यमन्त्री राजेन्द्र कुमार राइलाई माग पत्र बुझाउँदै उक्त माग राखेका हुन ।
माग गर्न किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको अगुवाइमा गएका १४ संस्थाका प्रतिनिधिहरुले भाषा आयोगले २०७८ भदौ २१ गते सरकारी कामकाजको भाषाका आधारहरुको निर्धारण तथा भाषा सम्बन्धी सिफारिसहरु २०७८ शिर्षकमा नेपाल सरकार समक्ष सिफारिस प्रतिवेदनको आधारमा ११ भाषाहरु (मैथिली, लिम्बू, भोजपुरी, बज्जिका, तामाङ, नेवार, गुरुङ, मगर, अवधी, थारु र डोट्याली) समावेश गरिएका छन् र प्रदेश नं. १ को हकमा मैथिली र लिम्बू भाषालाई सिफारिस गरेको छ । प्रादेशिक कामकाजीको भाषा सम्बन्धी कानून बनाउने अधिकार संविधानको धारा ७ को उपधारा (२) ले प्रदेशलाई अधिकार दिएको छ । सोही अनुसार चाँडै भन्दा चाँडै कानून निर्माण गरि काम गर्न सरकारलाई दबाब सृजना गर्न समेत उक्त टोली गएको लिम्बू भाषा साहित्य प्रतिष्ठान झापा कुलपति सेसेमी से नाल्बोले वताए ।
सो मागपत्रमा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष, प्राध्यापक ध्रुव कुमार मेन्याङ्बो लिम्बू, मैथिली सेवा समिति महासचिव विपुल झा, कियाचु लिम्बू भाषा साहित्य प्रतिष्ठान उपाध्यक्ष डिल्ली लिङ्दम, मिथिला टाइम्स सम्पादक रामरिझन यादव, याक्थुङ साम्नी यम्बुगेन् पान्थर सल्लाहकार सेसेहाङ् फियाक, मैथिली एसोसिएसन नेपाल अध्यक्ष प्रवीण नारायण चौधरी, लिम्बू भाषा विकास संस्था पान्थर अध्यक्ष दिलेन्द्र कुरुम्बाङ, अपन विराटमठ परोपकार समाज अध्यक्ष बसुन्धारा झा, लिम्बू भाषा साहित्य प्रतिष्ठान झापा कुलपति सेसेमी सेरेङ नाल्बो, मिथिला विकास अभियान अध्यक्ष पन्कज बर्मा र याक्थुङ–लिम्बू भाषा तथा संस्कृति विकास केन्द्र तेह्रथुम अध्यक्ष दिल साङ्वा लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मागपत्रमा हस्ताक्षर गरेका छन् ।
यसरी नै कियाचु केन्द्रीय अध्यक्ष योगराज लिम्बू वनेम, याक्थुङ थरगत सहजीकरण समूह संयोजक नन्द कन्दङ्वा, लिम्बू विद्यार्थी मञ्च केन्द्रीय अध्यक्ष दीपा लक्सम, कियाचु केन्द्रीय सदस्य नारायण कुमार यक्सो, मैथिली सेवा समिति सहसचिव मनोज कुमार मिश्र, याक्थुङ साप्सक्केन् सजुम प्रतिनिधि राजभक्त चेम्जोङ्, लिम्बू भाषा साहित्य प्रतिष्ठान झापा प्राज्ञसचिव÷पत्रकार डिल्लीश्वर मुसाहाङ अम्याङ्सा, कियाचु मोरङ जिल्ला अध्यक्ष विवेक योङहाङ, कियाचु केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ्, अशोक सुब्बा, कियाचुु केन्द्रीय सदस्य संगिता सुब्बा, कियाचु प.स. जीवन प्रकाश सेर्मा, कियाचु धरान मोहन कुमार हुक्पा चोङबाङ, स्वर्णिमहाङ फोम्बो लगायतका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।