निर्देशक सागर केरुङको निर्देशनमा ‘बसन्तमा’ सार्वजनिक

  • मुसाहाङ अम्याङ्सा

 

दमक/   निर्देशक तथा कलाकार सागर केरुङको निर्देशनमा गायिका नुमा नेम्बाङको आवाजमा सजिएको गीत ‘बसन्तमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार एसपी निङ्लेखुको शब्द भावहरुमा संगीतकार बिक्रम राईको संगीतमा सजिएको गीत ‘बसन्तमा’ को म्युजिक भिडियो इसाक जवेगुको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरेको हो ।

पान्थरको ऐतिहासिक तथा रमणीय स्थानहरूमा छायाँकन गरिएको भिडियोमा निङ्वा नेम्बाङ, सोफिया लिम्बू, सङ्क्रोजा तावा, अञ्जना मुखिया, निशा तामाङ, सिजर तावा, जोस्ना राई, अरुणा मुखिया राइको अभिनय रहेको छ ।

प्रेम नेम्बाङ, संगीता सुब्बा नेम्बाङ र निसुम नेम्बाङ को संयुक्त निर्माणमा पुरुसोतम सुबेदीको संगीत संयोजनमा पृथक स्टुडियोमा रेकर्ड गरिएको भिडियोमा इशाक जबेगुको छायाँकन तथा सम्पादन र निङ्वा नेम्बाङको कोरियोग्राफी रहेको छ ।