पोक्लाबाङ न्यूज संवाददाता /
नाल्बो समाज नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार धरानस्थित लाङ्घाली सामुदायिक भवनमा सेरेङ चोङबाङ सयङ अध्यक्ष गजेन्द्र चोङबाङको प्रमुख आतिथ्यता तथा सेरेङ मादेन सयङका उपाध्यक्ष प्रेम सेरेङ मादेनको विशेष आतिथ्यता सम्पन्न अधिवेशनले मोहन कुमार नाल्बोको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा इन्द्र प्रसाद नाल्बो, सचिवमा अशोक नाल्बो, सह–सचिवमा टिका नाल्बो र कोषाध्यक्षमा बिन्द्र कुमार नाल्बो निर्वाचित भएका छन् भने सदस्यहरुमा क्रमशः निशा नाल्बो, राजेश नाल्बो, सुरेन्द्र नाल्बो, वीर बहादुर नाल्बो, लक्ष्मी नाल्बो र सुरेश नाल्बो रहेका छन् ।
सो साधारण तथा अधिवेशनले वंशावली लेखन समिति अध्यक्ष/सम्पादक सेसेमी से नाल्बो र सचिव कमल कुमार नाल्बोलाई ताम्रपत्रसहित अध्यक्षलाई ३ लाख र सचिवलाई २ लाख नगदले सम्मान गरिएको आयोजकले बताए ।
कार्यक्रमको मोहन कुमार नाल्बोको अध्यक्षता, स्वागत मन्तव्य अशोक नाल्बो र संचालन इन्द्र प्रसाद नाल्बोले गरेका थिए ।