- कबिन तुम्बापो
धनकुटा, कातिक ५ / खजुम समाज सेवाले मृत्यु राहत रकम प्रदान गरेको छ ।
शनिबार धनकुटा चौविसे गाउँपालिका वडा नं. ८ सोक्रोक्पामा भएको एक कार्यक्रममा खजुम समाज सेवाले धनकुमारी योङ्हाङ लिम्बू प्रेसरको कारण मृत्यु भएकी थिइन भने मनरानी देवान कोरोनाको कारण उपचारको क्रममा उनको निधन भएको थियो । यसरी निधन भए पछि उनीहरुका परिवारलाई समाजको कोषबाट ११ हजारका दरले जम्मा २२ हजार रुपैयाँ बराबरको राहत रकम मृतकको घरमै गएर प्रदान गरेको सो राहत वितरण समाजका अध्यक्ष कृष्ण खजुमबाट भएको थियो । यसरी विविध कारणबाट मृत्यु हुने आफ्नो खजुम वंश भित्रका सदस्य लगायत चेलीहरुलाई उनीहरुको घरमै गएर मृत्यु राहत रकम प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको खजुम समाज मृतक राहत कोषबाट यस अघि चौविसे गाउँपालिका वडा नं. ८ सोक्रोक्पा, सारतोक्पा र देउरालीका छ जना मृतक परिवारलाई राहत प्रदान गरि सकेको छ । त्यस्तै गरि कोभिड –१९ कोरोना भाइरसका कारण लामो समय सम्म प्रभाव परे पछि नेपालमा लकडाउन हुँदा शैक्षिक क्षेत्रमा प्रतक्ष प्रभाव भएको हुँदा श्री कालिका आधारभूत विद्यालय चौविसे –८ देउराली धनकुटामा अध्ययनरत विध्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको थियो । वि. सं. २०७५ मा समाजको स्थापना गरिएको यसको दुइवटा शाखाहरु छन । जसमा सारतोक्पा र सोक्रोक्पा खजुम समाज संचालनमा छन । आफ्नो खजुम वंश उत्थान र विकास गर्न खोलिएको सामाजिक संस्थाले अरु समुदायको लागि पनि परोपकारी कामहरु गर्ने र गर्दै आइरहेको समाजका सचिव श्रीमान खजुमले बताए ।