- इछिङ्सा सङबाङफे
पोक्लाबाङ् , दमक / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक १ को वडा अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार दमक १ स्थित सिरिजंगा सामुदायिक भवनमा सम्पन्न अधिवेशनले प्रेम बेघा लिम्बुको अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पशुपति पराजुली, सचिवमा यामबहादुर राई, सहसचिवमा कुलबहादुर श्रेष्ठ, कोषाध्यक्षमा एलिसा बर्देवा चयन भएका छन् भने सदस्यहरुमा भिष्म खवास, सोमनाथ अधिकारी, यमबहादुर राई, षडानन्द पोखरेल, धनपति अर्याल, जगदिश महतो, रामकुमार राई, इन्द्रबहादुर थापा, नविन घिमिरे, ओमनाथ सेते शिलवाल, उपेन्द्र लिम्बू, विजय राई, मनवीर आङ्थुपो, हिमाल सिग्देल, फूलकुमारी आङ्देम्बे, बुद्धमाया लिम्बू, तारादेवी बस्नेत, फूलमाया राई र पुष्पा लिम्बू, सोभा कुमाल, फूलकुमारी राई, र सरिता राना मगर चयन भएका छन् ।
यसैगरि वडाबाट नगर अधिवेशनका लागि प्रतिनिधी छनौट भएकामा क्रमशः पदम सापकोटा, पशुपति पराजुली, प्रेम बेघा, याम राई, नरबहादुर पुलामी मगर, कुलबहादुर श्रेष्ठ, एलिसा बर्देवा, उपेन्द्र लिम्बू, युवराज गजमेर, तारादेवी राई, तारा राई, पुष्प लिम्बू, यमूना योगी, षडानन्द पोखरेल, भरत चुँडाल, ओम विक, राजकुमार राई, हिमाल सिग्देल, धनबहादुर लाओती, तारा श्रेष्ठ, नविन घिमिरे, भिष्म खवास, सीता भट्टराई र फूलकुमारी आङ्देम्बे रहेका छन् ।