विराटनगर / प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मंसिरभित्र पुनरावलोकन सकेर पुसदेखि कार्यान्वयन गर्ने गरी शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर बजेट पुनरावलोकन हुने उनले बताए।
प्रदेश १ को अहिलेको बजेट शेरधन राई नेतृत्वकै सरकारले ल्याएको हो। त्यसयता भीम आचार्य र राजेन्द्र राई मुख्यमन्त्री भइसकेका छन्।
मन्त्री आङ्बोले शेरधन राई नेतृत्वको सरकारले ल्याएका राम्रा कामलाई सरकारले निरन्तरता दिने बताए‘तर, भीम आचार्य नेतृत्वको सरकार असंवैधानिक भएका कारण त्यो सरकारका निर्णय र सबै नियुक्ति खारेज हुनेछ।’ यसैबीच आचार्य नेतृत्वको सरकारले गठन गरेको राजस्व परामर्श समितिको संयोजकबाट पूर्वसचिव पूर्णचन्द्र भट्टराईले राजीनामा दिएका छन्। यसको जानकारी दिँदै मन्त्री आङ्बोले खेलकुद, पर्यटन, लगायतका निकायमा नियुक्त भएकाहरूलाई राजीनामा दिन आग्रह गरे।
‘राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दछु। अन्यथा सबै नियुक्तिहरू खारेज हुनेछ, त्यो प्रक्रिया सुरू भइसकेको छ।’