- नरेश क्षितिज
०२ मंसिर / बिराटनगर जनता समाजवादी पार्टी नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समिती र शिल्पी विशेष समिति प्रदेश १ ले नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग र जसपाबाट मन्त्री बनेका जयराम यादवलाई छुट्टा छुट्टै भेटेर बधाई तथा शुभकाना दिँदै ध्यानकर्षण पत्र समेत बुझाएका छन् ।
शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित पत्र प्रदेश प्रमुख खापुङ्ग र विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्माद्वारा हस्ताक्षरित पत्र सामाजिक विकास मन्त्री यादवलाई बुझाईएकाे छ । ध्यानाकर्षण पत्रमा भनिएकाे छ प्रदेश सरकारमा अहिलेका लागि कम्तिमा १ जना शिल्पी / दलितकाे प्रतिनिधित्व गराईनु पर्ने ,प्रदेश १ का शिल्पी/दलितहरुकाे अार्थिक,सामाजिक,शैक्षिक- साँस्कृतिक, राजनैतिक अधिकार र विकासका लागि अधिकार सम्पन्न शिल्पी/दलित विकास समिति गठन गरिनु पर्ने, तथाकथित समूदयलाई सम्मानजनक शिल्पी पहिचान स्थापित गर्न प्रदेश सरकारले महत्वका साथ कार्य अगाडि बढाउन पर्ने,प्रदेश १ मा भएका सवै प्रकारका जातीय छुवाछूत तथा विभेदका घटनामा संलग्न पीडकहरुलाई कडाभन्दा कडा कारबाहि गर्नु पर्ने, शिल्पी समूदायका पेशा ब्यवसायलाई प्राेत्साहन गर्दै सहजीकरण र व्यवस्था मिलाउन पर्ने,शिल्पी समूदायका छाेराछाेरीलाई नि:शुल्क उच्च शिक्षासम्म प्रदेश सरकारले पढाउने ब्यवस्था मिलाउन पर्ने अादि। ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख खापुङ्गले भनेका छन् ” तपाईहरुकाे माग समयानुकूल र जायज छ । यसलाई हामी प्राथमिकतामा राखेर अगाडि बढ्नेछाैँ ” त्यस्तै सामाजिक विकास मन्त्री यादवले तपाईहरुले उठान गर्नु भएका विषय वस्तु अत्यन्तै सानदर्भिक छन् र यसलाई कुन ढङ्गबाट अगाडि बढाउन सकिन्छ त्यसतर्फ हामी विशेष ध्यान दिँदै यी सबै विषय बस्तुहरुमा सूक्ष्म अध्ययन गर्ने र कार्यन्वयनका लागि जाेडदार रुपमा पहल गर्ने बताए ।
बधाई दिने तथा ध्यानाकर्षण पत्र बुझाउने उक्त कार्यक्रममा शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामी,उपाध्यक्ष तथा प्रदेश १ ईन्चार्ज ज्ञानकुमार परियार,प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्मा,उपाध्यक्ष धनिकलाल खत्वे, सदस्य शाेभा हरिजन लगायतका नेता/नेतृहरुकाे उपस्थिति रहेकाे थियाे ।