लिम्बुवान मञ्च नेपाल कन्काई समितिको तेस्रो वडा अधिवेशन

  • इक्साहाङ चेम्जोङ

झापा, ३० कातिक २०७८ /  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल कन्काई समितिको तेस्रो ऐतिहासिक वडा अधिवेशन आज सम्पन्न भएको छ ।

मंगलबार  कन्काई नगर वडा नं. ७ दुर्गापरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्बोको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनले महेन्द्र कदन्दङ्वाको अध्यक्षतमा ११ सदस्यीय  समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षद्धय लोकनाथ अधिकारी, राम कुमारी पाहिम, सचिव गोबिन्द साङ्वा, सहसचिव भावना लिम्बू र कोषाध्यक्ष गीता चेम्जोङ निर्वाचित भएका छन् भने सदस्यहरुमा क्रमशः योनिसा सावदेन, वाजुम हाँस्दा, सन्देश परियार, राज कुमार मेन्याङ्बो, र निमा तामाङ निर्वाचित भएका छन् ।

कार्यक्रममा झापा जिल्ला अध्यक्ष धन बहादुर पंधाक, झापा जिल्ला सदस्य प्रेम कुमार फोम्बो, पूर्व उम्मेदवार जर्तन किस्कु, पूर्व गाविस उपाध्यक्ष ताराचन खवास, किरातेश्वर माङ्हिम अध्यक्ष निर्मल आङ्थुपो लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

अधिवेशन संघीय लिम्बुवान मञ्च नेपाल अध्यक्ष वसन्त मेन्याङ्बो अध्यक्षतमा सम्पन्न भएको छ । कार्यक्रममा गोविन्द साङ्वा (छथरे)ले स्वागत मन्तव्य राखेका थिए भने सचिव महेन्द्र कन्दङ्वाले संचालन गरेका थिए ।