मुल्यवृद्धिको विरोधमा, उर्लाबारी अनेरास्ववियुको विरोध प्रदर्शन

उर्लाबारी, २९ कातिक २०७८ /    पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोधमा उर्लाबारीमा आज अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।
पछिल्लो समयमा नेपाल आयल निगमले पेट्रोल, डिजेल , ग्याँस लगायतका इन्धनमा अस्वभाविक मुल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटी र अनेरास्ववियु उर्लाबारी नगर कमिटिले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि तुरन्त फिर्ता लिन माग गर्दै जनता मार्ने सरकार चाहिँदैन भन्दै नारा लगाएका थिए ।
उर्लाबारी बहुमुखी क्याम्पसबाट निस्किएको विद्यार्थीहरुको विरोध प्रदर्शन आईतबारे चोक, स्कुलडाँडा हुँदै उर्लाबारी चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
उक्त विरोध कार्यक्रममा अनेरास्वियुका केन्द्रिय सदस्य सुनिल धिमाल, मोरङ्ग जिल्ला सचिव हेमन सुब्बा, अनेरास्ववियु क्याम्पस कमिटी संयोजक रामु तिवारी, उर्लावारी नगर संयोजक नवराज अधिकारी लगायत अन्य विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।