लिम्बुवान मञ्च दमकको अध्यक्षमा पुनः लोरिङदेन

पोक्लाबाङ् ,  दमक, २९ कातिक /   संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरको चौथो अधिवेशन सोमबार किरात भवनस्थित सभाहलमा सम्पन्न भएको छ ।

 

 

मञ्चका प्रान्तीय उपाध्यक्ष सुरेन्द्र निङ्लेखु लिम्बू नोनामको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले पुनः अध्यक्षमा याम लोरिङ्देन लिम्बूलाई निर्वाचित गरेको छ । छैठौं अधिवेशनले पुन थप पाँच बर्षको लागि लोरिङ्देनलाई सर्वसहमतिमा दमक नगरको अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा सन्तकुमार चेम्जोङ, उपाध्यक्षहरुमा मनु साम्पाङ राई, पञ्चवीर राई, मेघराज फूयाल, दिनेश लाओती, यादवसिंह पेघा, विजयसिंह थापामगर, मनुकमारी पेघा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा सुक बहादुर सोदेम्बा, सहसचिवमा पदम पेघा, अर्थसचिवमा सीता केरुङ, सचिवालय सदस्यहरुमा डासमाया लिम्बू, ममता नेम्बाङ, विष्णु केरुङ, चन्द्र हेल्लोक लिम्बू, दरबार सिंह लिम्बू, सिमा केरुङ, जंग बहादुर सुहाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा उमेश सङबाङ्फे,, हरिराज चेम्जोङ, नन्दलाल पेघा, अशोक सेर्मा, सन्तोष निङ्लेखु, नारद आङ्देम्बे, कर्ण आङ्देम्बे, खड्क लाओती, कमल सेनेहाङ, रामकुमारी चेम्जोङ, श्याम मादेन, निसा राई, सरस्वती चेम्जोङ, ज्ञान बहादुर लिम्बू, लासेन सुब्बा, लक्षमी पुलामी मगर, देउकुमार पङ्याङ्गु, जितेन हाङ्स्रोङ्, गंगा धिमाल, लक्ष्मी धिमाल, सविन धिमाल, सन्देश निङ्लेखु, कमला काम्बाङ, काकृत सङबाङ्फे,, कुल बहादुर लिम्बू, तिल बहादुर सेर्मा लगायत रहेका छन् ।

आजै सल्लाहकारहरुमा बरिष्ठ सल्लाहकार टंक प्रसाद केरुङ, शेर बहादुर पतङ्वा र सल्लाहकारहरुमा सुरेश लाओती, दिपशचन्द्र राई, गुमानसिंह सङ्बाङ्फे र पुष्पहाङ् लोवा रहेका छन् ।

निर्वाचित नयाँ कार्य समितिलाई पद तथा गोपनीयताको सफल गराउँदै कार्यक्रमका प्रमुख अतिथि निङ्लेखुले सफल कार्यकालको बधाई तथा शुभकामना दिदैं पहिचानको आन्दोलन अझै बाँकी रहेको हुँदा अहिले नै संगठन मजबुत भईनसकेको हुँदा निरन्तर संगठन मज्बुत बनाउनमा जोड दिएका छन् । त्यसैगरी मञ्चका महासचिव अशोक चेम्जोङ्ले लिम्बुवान आन्दोलनलाई उच्चाईमा पु¥याउन सबै नेताहरुको उत्तिक्कै जिम्मेवारी भएको बताउँदै भर्खरै मञ्चले प्रदेश १ सरकारमा सहभागी हुँदै पार्टीलाई थप उच्चाईमा पु¥याउने चरणमा अघि बढेको बताएका छन् ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष देउकुमार निङ्लेखु, उपमहासचिवहरु दिलकुमार लाओती, भानु भट्टराई, प्रान्तीय सचिव धनराज सुब्बा, विष्णुमाया थापा लगायतका जिल्ला अध्यक्ष धनबहादुर पंधाक सहित जिल्लाका दर्जनौं नेताहरुको उपस्थिति रहेको थियो ।

 

 

मनु साम्पाङको नेतृत्वमा संघीय लिम्बुवान महिला मञ्च गठन

आजै नगरअधिवेशनसँगै संघीय लिम्बुवान महिला मञ्च, दमक नगर समिति पनि सर्वसहमितले गठन भएको छ । मनु साम्पाङको अध्यक्षतामा महिला मञ्च गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष सीता केरुङ, उपाध्यक्षहरुमा तारा लाओती, ममता लिम्बू, दासमाया लिम्बू, गंगा धिमाल, कमला काम्बाङ, लक्ष्मी पुलामी मगर चयन भएका छन् भने सचिवमा दिपा सङ्बाङ्फे,, सहसचिवमा लासेन लिम्बू त्यसैगरी अर्थसचिवमा मनकुमारी पेघा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा शारदा लिम्बु, हेमकुमारी लिम्बू, लक्ष्मीमाया इम्बुङ, प्रतिमा सेर्मा इम्बुङ, लक्ष्मी सेर्मा, लक्ष्मी धिमाल, सरस्वती लाओती, देवी लिम्बू, सोम्बारी लिम्बू, सरस्वती लिम्बू, निशा राई र विष्णु केरुङ निर्वाचित भएका छन् ।