प्रदेश १ मा नेपाल चलचित्र विकास बोर्डले बृहत चलचित्र महोत्सव गर्ने

इटहरी/  प्रदेश १ मा पछिल्लो समय चलचित्रको गतिविधि निकै बढेर गएको छ ।

यहाँका चलचित्रकर्मीहरुले संगठन नै खडा गरेर राष्ट्रिय स्तरमा आफ्नो गतिविधिलाई पुर्याउने जमर्को गरिरहेका छन् । यस्तैमा चलचित्र क्षेत्रलाई यो ठाउमा पनि चलायमान बनाउने उद्देश्यसहित ‘राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिने भएको छ । हुन त यसअघि पनि चलचित्र महोत्सव हुने भनेर २ पटक चर्चा चल्यो । एक पटक त लगभग सम्पुर्ण तयारी पूरा पनि गरि सकिएको थियो तर, विविध कारण देखाउदै महोत्सव हुन सकेन । पछि चलचित्रकर्मी महासंघ प्रदेश १ ले आफ्नै नेतृत्वमा महोत्सव गर्ने भनेर कम्मर कस्यो । त्यो पनि चर्चामै सिमित भैरहेको अवस्थामा अहिले भने चलचित्र विकास बोर्डले नै महोत्सव गर्न हौसिएको छ ।

 

बोर्ड अध्यक्ष दयाराम दाहाल यतिबेला महोत्सव आयोजनाबारे सरोकारवालाहरुसंग भेटघाटका लागि प्रदेश १ आएका छन् । उनले भेटघाटको क्रममा प्रदेश १ का माननिय मुख्यमन्त्री राजेन्द्र राई, बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, इटहरी नगरपालिकाका मेयर द्वारिकालाल चौधरी, बराहक्षेत्र नगर पालिकाका मेयर निलम खनाल, धरान उपमहानगर पालिकाका मेयर तिलक राई, सुनसरी उधोग बाणिज्य संघ अध्यक्ष गिरिधारी सापकोटा, होटल एसोसिएसनका अध्यक्ष सरोज भट्टराई, उधोग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल, सुनसरी जिल्ला समन्वय समितिका अध्यक्ष गोपाल राजभण्डारी लगायतका संग भेटघाट सम्पन्न भएको छ ।

प्रदेश १ मा यो भेटघाटका लागि बोर्ड अध्यक्ष दाहाललाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले सहयोग गरिरहेको छ । भेटघाटका लागी अध्यक्ष दाहालसंगै बोर्ड अधिकृत प्रभाकर भटराई, बोर्ड सदस्य प्रकाश भट्टराई, निर्माता संघका सदस्य ज्योतिराज राई पनि प्रदेश १ आएका छन् । यस्तै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को तर्फबाट अध्यक्ष अरुण प्रधान, उपाध्यक्ष लाखमान योन्जन, प्रकाश सुब्बा, महासचिब दिनेश कोइराला सहभागी थिए ।

भेटघाटका लागी निर्माता संघ प्रदेश १ का अध्यक्ष चिरञ्जीवी बस्नेत, मोरङ चलचित्रकर्मि संघ अध्यक्ष निरज गौतम, निर्देशक समाज प्रदेश १ का अध्यक्ष रबिन श्रेष्ठ, सचीव बिनोद पुडासैनी, कोषाध्यक्ष राजु चौधरीको समेत सहभागीता रहेको थियो । समग्र भेटघाटबाट चलचित्र महोत्सवको लागि सहयोगी प्रतिक्रिया पाएको र प्रदेश १ कै गौरवको कार्यक्रम बनाउने उत्साह सहित बाटो खुलेको बोर्ड अध्यक्ष दाहालले बताए ।

यो कार्यको लागी विकास बोर्ड अघि सरेको हुनाले आफुहरु पनी पुर्ण साथ, सहयोग र समर्थन गर्ने चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण प्रधानले प्रतिबद्धता जनाएका छन् । महासंघ कार्यसमिति सदस्य हिमाल दहाल, बिजय सुब्बा, महासंघमा आबद्ध निर्माता मिलन सुवेदी, निर्देशक केशव रायमाझी, सुरेन्द्र भुजेल, निर्माण व्यवसायी संघ सुनसरी अध्यक्ष रिद्धिराज कार्कि, निर्देशक समाजका सदस्य भीषण राईको पनि विभिन्न भेटघाटमा सहभागिता रहेका थिए । अब दोश्रो चरणमा प्रदेशका अन्य जिल्लामा पनि भेटघाटको कार्यक्रम गरिने बोर्डका अध्यक्ष दहालले जानकारी गराएका छन् ।