पोक्लाबाङ् ,
विराटनगर / प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले पदभार ग्रहण गरेका छन् ।
सोमबार विराटनगरस्थीत प्रमुखको कार्यालयमा पदभार गरेका हुन् । प्रमुखलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विमानस्थलमा स्वागत गरेका थिए ।

त्यसैगरी कार्यालय प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारी र उपभामुख सरस्वती पोखरेलले कार्यालयमा भेट गरी स्वागत गरेका थिए ।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन पनि आजै प्रमुखलाई बुझाउने काम भएको छ । आयोगको कार्यालय प्रमुखमार्फत प्रतिवेदन हस्तान्तरण भएको हो ।