- नरेश क्षितिज
धरान / जनता समाजवादी पार्टी नेपाल धरानले पेट्रालिय पदार्थको मूल्य वृद्धिको विरुद्ध धरानमा प्रदर्शन गरेको छ ।
सरकारले गत कार्तिक १२ गते राति १२ः०० बजेबाट लागू हुनेगरि पेट्रोल,डिजेल,मट्टीतेलको मूल्य ३ रुपैयाँ प्रतिलिटर र एल.पी.ग्याँसको मूल्य समेत बढाएको र उक्त मूल्य बढाएको २ हप्ता पनि नवित्दै फेरि कात्तिक २४ गते राति १२ः०० बजेबाट लागुहुने गरि पेट्रोल,डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा ७५ रुपैयाँ प्रतिसिलिण्डर बढाएपछि चर्काे मूल्यवृद्धि विरुद्ध धरानमा पनि प्रदर्शन गर्दै मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दवाब दिन जसपाले विरोध प्रदर्शन गरेको छ । सममजवादी विद्यार्थी युनियनका विद्यार्थीहरु नेता तथा कार्यकर्ताहरु तथा पार्टीका बिभिन्न तह र तप्काका नेता,नेतृ तथा कार्यकर्ताहरु सम्मिलित उक्त विरोध प्रदर्शन पार्टी कार्यालल शान्तिपथबाट झण्डा ब्यानर र नारा जुलुश सहित नगरका विभिन्न ठाउँ हुँदै भानुचौकमा पुगेर “मूल्यवृद्धि फिर्ता ले, जनविरोधी सरकार मुर्दावाद “ जस्ता चर्का नाराबाजी गर्दै कोण सभा गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै जसपा धरानका अध्यक्ष ताजुव लिम्बूले सरकारले गरेको चर्काे मूल्यवृद्धि तुरुन्त फिर्ता लिनु पर्ने बताए । यो सरकार हामी सबैको गठबन्धनबाट बनेको भएपनि यसले जनविरोधी कार्य गर्न थालेको आरोप समेत लगाए । हाम्रो पार्टी सरकारमा भएपनि नराम्रो कामको विरोध गर्ने र मूल्यवृद्धि अविलम्ब फिर्ता नलिए त्यसका विरुद्ध सशक्त भएर लागि पर्ने पनि बताए ।