सुदाप, २८ कातिक २०७८ / तावालुङ् सुसुवादेन ताक्लुङ्मा याक्थुङ्हाङ खेवाहाङ चुम्लुङ गठन गरेको छ ।
तावालुङ् सुसुवादेन ताक्लुङ् यकमा किरात याक्थुङ चुम्लुङ छथर गाउँ समिति तेह्रथुम र याक्थुङ्हाङ खेवाहाङ चुम्लुङको संयुक्त आयोजनामा पाङ्भे चुम्लुङ अन्तर्गत याक्थुङ्हाङ खेवाहाङ चुम्लुङ (प्रथाजनित–परम्परागत सस्था)को पदहरु–हाङ (प्रमुख), तुम्म्याङ् (तुतु तुम्म्याङ, या?लासुहाङ), नाली–थाङ्बेन, सिसा–मेन्छ्या, इङमेबा, योक्थोक्वा, सिजोवा इङमेसा, पेगिफाङ्साम, थक्तुम्बा, थक्पेवा, पासिङ पादाङ ३३ सदस्यीय चयन गरेको छ ।
जसमा थक्तुम्बा, थक्पेवाका साथ ३० जना थक्सुबा रहने निर्णय समेत गरेको छ । यसले आगामी एक बर्षसम्म खेवाहाङ् समाजको नेतृत्व प्रदान गर्नेछ । उक्त भेलाले किरात याक्थुङ चुम्लुङको “दोस्रो राष्ट्रिय याक्थुङ मुन्धुम गोष्टि–२०७८“ सम्पन्न गर्ने लगायतका कार्य विभाजन समेत गरेको आयोजकले बताए ।