कांग्रेस मोरङ् क्षेत्र नम्बर १ ’क’मा तुम्रोकको उम्मेद्ववारी

उर्लाबारी , २८ कातिक २०७८ /  कांग्रेस मोरङ क्षेत्र नम्बर १ ’क’मा अर्जुन तुम्रोकले सभापति पदमा उम्मेद्वारी दिएका छन् ।

 

 

प्रदेश सभा अन्तरर्गत पर्ने मिक्लाजङ गाउँपालिका र उर्लाबारी नगरपालिका कार्य समितिलाई सक्रिय गराउँदै कार्य समितिसँगको समन्वय र सहकार्यबाट पार्टी संगठन सुदृढ गर्न लाग्ने,उर्लाबारी तथा मिक्लाजङमा नेपाली कांग्रेस पार्टीको कार्यालय संचालनको लागि हालसम्म आफ्नो कार्यलय भवन नभएकोले सबैको सहयोगमा क्षेत्रीय कार्यलय भवन निर्माण गर्ने प्रतिबद्धता जनाउँदै उनले उम्मेदवारी दिन लागेका हुन् ।
प्रत्येक वडामा पार्टीको वडा कार्यलयको व्यवस्थित व्यवस्थापन गर्ने, अर्ध वार्षिक रुपमा प्रदेश अन्तर्गत सबै वडा समितिहरुलाई पार्टी संचालनमा अझ सक्षम र सबल बनाउन नियमित बैठक, छलफल, अन्तरक्रिया र प्रशिक्षणको व्यवस्था गराउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगिताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवा जमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता तथा विश्वासीहरुलाई ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

नेपाली कांग्रेस पार्टीका भातृसंगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल भुतपुर्ब सैनिक संघ, नेपाल किसान संघ ,नेपाल प्रजातन्त्र सेनानी संघ , नेपाल आदिवासी तथा जनजाती संघ ,नेपाल दलित संघ ,र शुभेच्छुक संस्थांहरुमा नेपाल शिक्षक संघ ,नेपाल ट्रेड युनियन कांग्रेसको विधानमा व्यवस्था भए बमोजिम संगठन निर्माण चलायमान बनाई पार्टीलाई सशक्तीकरण गर्ने कार्य गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

भूकम्प, बाढि पहिलो जस्ता दैवी विपति आईपरेको अवस्थामा पार्टीका नेता,कार्यकर्ता तथा शुभेच्छुकहरु सबैलाई मानवीय धनजनको क्षतिमा सहयोग गर्दै आएका उनले पार्टीलाई सहयोग गर्न र सहयोग जुटाउन सक्रिय हुने जनाएका छन् । ग्रामीण बस्तीहरुमा विकासका कार्यहरु गर्न गराउन प्रदेश तथा संघीय सरकारसँग पहल गर्न पार्टीलाई जिल्ला र केन्द्रसँग समन्वय गरी पहल गर्न सकृय रहने उनले बताए ।