- पोक्लाबाङ् न्यूज,
उर्लाबारी , २८ कातिक २०७८ / लायन्स क्लबको नि:शुल्क मधुमेह रोग परिक्षण शिविर विश्व मधुमेह दिवसको अवसरमा कातिक २७ र २८ गते जोन चेयरपर्सन लायन नितम कार्कीको संयोजकत्वमा उर्लाबारीका लायन्स क्लबहरु (लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ इस्टर्न मोरङ उर्लाबारी र लायन्स क्लब अफ उर्लाबारी आस्था) को संयुक्त आयोजनामा मधुमेह रोग परिक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको छ ।
अरनिको अस्पताल, उर्लाबारीका स्वास्थ्यकर्मी तथा प्राविधिक सहयोगमा उर्लाबारी–९ गाईघाटमा शिविर सञ्चालन गरेको थियो । शिविरमा उर्लाबारी र रतुवामाईका ९१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।