प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले किरात धर्मको भाषा, संस्कृति र सम्पदा सरकारले संरक्षण एवं विकास गर्ने बताएका छन् ।
महागुरु फाल्गुनन्द लिङदेनको १३७औँ जन्मजयन्तीको अवसरमा मूल समारोह समिति केराबारी गाउँपालिका–७ स्थित मुगुमा आयोजित कार्यक्रमको उनले उद्घाटन गर्दै विद्यालय शिक्षाको विकास नभएको अवस्थामा महागुरुले किराँत धर्म, भाषा, संस्कृति र सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान दिएको चर्चा गरे ।
मुख्यमन्त्री राईले किरात धर्मको संरक्षण, सम्वद्र्धन र विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रवितबद्धता व्यक्त गरे ।
किरात धर्म गुरु आत्मानन्द लिङ्देनले किरात धर्ममा महागुरुले विश्व शान्ति र मानव कल्याणको सन्देश दिएको चर्चा गर्दै शान्ति र स्थिरताले मात्र देशको विकास हुने बताए ।
उनले समाजमा विद्यमान कुरुति, कु’संस्कार र वि’कृतिलाई हटाउन धर्मले महत्वपूर्ण ज्ञान दिएको स्पष्ट पार्दै किरात सभ्यतालाई संरक्षण गर्न युवाको काँधमा जिम्मेवारी आएको कुरामा जोड दिए ।