लिम्बू भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न

पोक्लाबाङ्   , २७ कातिक २०७८

पान्थर /  लिम्बू भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो शनिबार छायांकन सम्पन्न भएको छ ।

सागर केरुङको शब्द÷संगीत रहेको गीतलाई बुद्धराज लिम्बूले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा स्वर विशाल केरुङ, गंगा फियाक, छायांकन सञ्जय आचार्य, ड्रोन फुङ्सो चबेगु, नृत्य कोरियोग्राफ निङ्वा नेम्बाङ, शृङ्गार अमृता चबेगु, एरेन्ज मोनि ताम्लिङ र प्रकाश संयोजन निश्चल आचार्यले गरेका छन ।
चन्द्रकला साँवाको निर्माण रहेको गीतमा सुक्मिता केरुङ, सागर केरुङ, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती पेघाले अभिनय गरेका छन ।

म्पादनपश्चात्  https://youtube.com/channel/UCWrcb4DTwuZbKXEv6yXNFQg  याक्थुङ फिल्म्स  युटुब च्यानलद्वारा सार्वजनिक गरिने निर्देशक लिम्बूले बताए ।

गीतको लिङ्क – https://youtu.be/4cwO4inm_uE